जाम बनाउने विधि – भान्सा परिकार

छनौट :
फल राम्रोसँग पाकेको तर नगलेको, रङ आकर्षक, पेक्रिन पूरा भएको हुनु पर्दछ । जाम जमाउने मुख्य तत्व पेक्रिन हो । काँचो, सडेगलेको, चोट पटक लागेको फल छान्नु हुँदैन । छानेर तयारी फललाई १÷२ प्रतिशत सोडियम हाइड्रोक्साइडले छोएर सफा गर्ने र गुदी निकाल्ने अलिकति पानी राखेर पकाउने । एक किलो गुलियो आँपको गुदीमा ८०० ग्राम चिनी राख्ने तर फलको अमिलोपना हेरेर बराबर चिनी वा सवा किलोसम्म राख्न सकिन्छ ।
परिरक्षी राख्ने :
एक किलो ग्राम गुदीमा सोडियम वा पोटासियम मेटावाई सल्फाइड १.५÷२ ग्रामसम्म राख्ने गरिन्छ तर अति सफा गरी बनाएमा परिरक्षाको आवश्यकता पर्दैन र स्वस्थकर हुन्छ ।
अमिलो मिसाउने
चिनी, अमिलो र पेक्रिनको सन्तुलन ठीक भए मात्र जाम राम्रो बन्दछ । अमिलो कम भएका फलमा साइटिक, टार्टारिक वा मोलिक एसिडमध्ये कुनै एक प्रतिकिलो गुदीमा १.५÷५ ग्रामसम्म राख्ने चलन छ । तर शुद्ध र हाइजेनिक बनाउन गुदी १० मिनेट पाकेपछि झिकेर मझौला एक दाना कागतीको रस राख्नु पर्दछ ।
पकाउने :
उगाल नआउने भाँडोमा पकाउने र बराबर चलाई रहने । घुलनशील ठोस पदार्थ ६८.५% भएपछि जाम तयार भएको विन्दु मानिन्छ । वा तयारीपन जाँच्न एक ग्लास चिसो पानीमा एक थोपा जाम राख्ने । त्यो जाम ग्लासको पिँधमा जमेर बस्यो भने तयार भयो र पानीमा छरियो भने अझै केही बेर पकाउनु पर्छ ।
बास्ना र रङ राख्ने :
पाकेको जाम चुलोबाट झिकेर खान हुने भनी कानुनले तोकेको रङ शुद्ध पानीमा घोलेर मिसाउने चलन छ । त्यसपछि बास्ना राख्ने चलन छ तर स्वस्थकर बनाउन रङ वा बास्ना केही राख्नु पर्दन । यसलाई सिलवन्दी गरी सुख्खा ठाउँमा राख्नु पर्दछ ।

0 प्रतिकृया:

Post a Comment