विद्युत कर्मचारीलाई कार्वाही

विराटनगर, ९ जेठ/दुई उद्योगबाट मासिक आठ हजार रुपैयाँ लिई विद्युत् चोरीमा सहयोग गर्ने नेपाल विद्यत् प्राधिकरण विराटनगर शाखाका एक कर्मचारी कारबाहीमा परेका छन् ।
अवैध रुपमा विद्युत् चोरी गरेको आरोपमा मोरङको मझारेस्थित साह लघु उद्योग र प्रमोद राइस मिलमा नेपाल विद्युत् प्राधिकरण विराटनगर शाखाका इलेक्ट्रिसियन मनोजकुमार मण्डल कारबाहीमा परेका हुन् । उनीमाथि निलम्बन प्रकृया अगाडि बढाइएको प्रधिकरणले जनाएको छ ।
क्षेत्रीय विद्युत् प्राधिकरणको मिटर जडान गरी विद्युत् चोरी गरेर बिक्री गरेको पुष्टि भएपछि उनीमाथि कारबाही थालेको प्राधिकरणको विराटनगरस्थित प्रशासन शाखाले जनाएको छ । प्राधिकरणका विराटनगर विद्युत् वितरण शाखाका प्रमुख शतिशकुमार कर्णले प्रमाणसहित विद्युत् चोरीमा
मण्डल फेला परेकाले कारबाहीका लागि केन्द्रीय कार्यालय काठमाडौँ पठाइएको तथा मण्डललाई कार्यालयको काम र जिम्मेवारीबाट हटाएको बताए ।
ती दुवै उद्योगमा गत वैशाखमा छड्के अनुगमन गर्दा क्षेत्रीय विद्युत् प्राधिकरणको मिटर जडान गरेर बिजुली चोरी गरिरहेको भेटिएको थियो ।

0 प्रतिकृया:

Post a Comment