बन्दले जनजीवन प्रभावित

दमक, ९ जेठ/आदिवासी जनजाति संयुक्त संघर्ष समितिले आह्वान गरेको आमहड्तालको दोश्रो दिन देशका सबै जसो स्थानमा बजार, पसल, उद्योग तथा सवारी साधन ठप्प भए ।

हड्तालका क्रममा बिभिन्न स्थानमा सभा तथा भेलाहरु सम्पन्न गरिए । सडकमा बिहानैदेखि बन्दकर्ताहरु भेला भई बसेका थिए । साँझ दमकको गणतन्त्र चोकमा भएको कोणसभामा बक्ताहरुले आदिवासीका मुद्दालाई दवाउन खोजे थप सशक्त आन्दोलन गर्ने चेतावनी दिए ।
कार्यक्रममा आदिवासी जनजाति महासंघ नगर समन्य परिषद्का अध्यक्ष मोहन धिमाल, मञ्च सम्बद्ध संघीय लिम्बुवान राज्य परिषद्का केन्द्रीय सचिवालय सदस्य प्रेमदीप थाम्सुहाङ्, संघीय लोकतान्त्रिक राष्ट्रिय पार्टीका केन्द्रीय सदस्य गजेन्द्र लाओती, आदिवासी जनजाति महिला सञ्जाल पूर्वाञ्चल संयोजक सुमित्रा वाङ्देल, संयुक्त जातीय मोर्चाका झापा क्षेत्र नम्बर–७ का अध्यक्ष जीतमान राई, लिम्बूवान मुक्ति मोर्चाका जिल्ला सचिव विकास अधिकारी, किरात याक्थुङ चुम्लुङ् झापा कोषाध्यक्ष हरीदेवी लाओती, किरात राष्ट्रिय मुक्ति मोर्चाका झापा अध्यक्ष नगेन्द्र राई लगायतले अधिकार प्राप्तिको लागि भएको आन्दोलन सफल हुने बताए । कार्यक्रम आदिवासी जनजाती महासंघ नगर समन्वय परिषदका सचिव पदम जवेगूले सञ्चालन गरेका थिए । त्यसैगरी बन्दकर्ताहरुले पूर्व–पश्चिम राजमार्ग अन्तर्गत झापाका विभिन्न स्थानहरुमा अवरोध ते¥साएर यातायात आवागमन ठप्प पारे । सो क्रममा उनीहरुले केर्खा, दुधे, झिलझिले, डुडामारी, माइधार लगायतका स्थानमा कोणसभा गरे । केर्खामा आयोजित कोणसभालाई मञ्च सम्बद्ध संघीय लिम्बुवान राज्य परिषद्का स्थानीय नेता तिलक फागोले सम्बोधन गर्दै आफूहरुको आन्दोलन भुमी प्राप्तीका लागि भएको उल्लेख गरे ।
यसैबीच एनेकपा माओवादीका जातीय मोर्चाहरुले यहि जेठ १० गते दमकमा हुने भनिएको सर्वदलीय सद्भाव ¥यालीमा सहभागी नहुने जनाएका छन् । संयुक्त जातीय मोर्चा समिति झापा क्षेत्र नम्बर–७ का अध्यक्ष जीतमान राई र सचिव डिबी सुब्बाले सोमबार बिज्ञप्ति जारी गरी आन्दोलनको थप संघर्षको कार्यक्रम गर्नुपर्ने भएकाले ¥यालीमा सहभागी नहुने जनाएका छन् ।

0 प्रतिकृया:

Post a Comment