पत्रकारमाथि दुव्र्यवहार

विभिन्न पक्षबाट भत्र्सना
दमक, ९ जेठ/आदिवासी जनजाति संयुक्त संघर्ष समितिले गरेको आमहड्तालका क्रममा सोमबार झापामा बिभिन्न सञ्चारकर्मीमाथि दुव्र्यवहार भएको छ । केहि सञ्चारकर्मी र सञ्चारगृहका सवारी साधनमा समेत क्षति पु¥याइएको छ ।
हड्तालकै क्रममा झापाको दमकमा समाजवादी आवाज मासिकका सम्पादक चन्द्रमणि गुरागाँईमाथि दुव्र्यवहार भएको छ । बिराटनगरबाट दमकतर्फ आउँदै गरेका उनलाई अपरान्ह दमक चोकमा बन्दकर्ताहरुले बन्द उल्लङ्घन गरेको भन्दै उनीमाथि ईटा तथा लाठी समेत प्रहार गरेका छन् । सोसँगै उनी सवार को.५ प ४३०३ नम्बरको मोटरसाईकल तोडफोड गरिएको छ । यस्तै दमकको हिमशिखर टेलिभिजनका पत्रकार ज्योति शर्मामाथि समेत दमक चोकमा दुव्र्यवहार गर्नुका साथै उनी सवार को.९ प ५०६ नम्बरको मोटरसाईकल बन्दकर्ताले केहिबेर नियन्त्रणमा लिइ छोडेका छन् । यस्तै दमकको सप्तरङ्गी एफएमका पत्रकार मनकुमार तुम्सामाथि समेत दमक चोकमा दुव्र्यवहार गरिएको छ ।
यसैगरी झापाको केर्खा कमल खोला छेउमा बिहान पत्रिका लिएर पूर्व जाँदै गरेका अन्नपूर्ण पोष्ट र कान्तिपुर दैनिकका सवारी साधनमाथि ढुङ्गा प्रहार गरिएको छ । सो क्रममा को.१ च ७००५ नम्बरको अन्नपूर्ण पोष्टको जीप चालक जीतबहादुर श्रेष्ठको टाउको समेत फुटेको छ । यसैगरी कान्तिपुर दैनिक लिएर जाँदै गरेको बा.५ च ९६२ नम्बरको जीपमा समेत ढुङ्गा प्रहार भएको प्रहरीले जनाएको छ ।
अधिकार प्राप्तिका लागि भनिएको हड्ताल तथा आन्दोलनका क्रममा सञ्चारकर्मी तथा सञ्चारगृहका सवारी साधनमाथि क्षति पु¥याइएको प्रति झापाका सञ्चार सम्बद्ध बिभिन्न संघ÷संगठन तथा अधिकारकर्मीहरुले भत्र्सना गरेका छन् ।
नेपाल पत्रकार महासंघ झापाका सचिव दिपेन वाला राई, पत्रकार मञ्च दमकका अध्यक्ष गोपाल झापाली, नेपाल पत्रकार महासंघका केन्द्रीय पार्षद विष्णु सुब्बा, प्रेस चौतारी झापाका अध्यक्ष गोपाल गड्तौला, क्रान्तिकारी पत्रकार संघका कोचिला राज्य समिति सदस्य टिकाराम उप्रेती, संघीय लिम्बुवान पत्रकार परिषद्का अध्यक्ष दिलकुमार लाओती, नेपाल प्रेस युनियनका केन्द्रीय पार्षद कुमार लुईटेल, पूर्व सन्देश दैनिकका प्रधान सम्पादक गञ्जबहादुर दाहाल, पिपुल्स टाइम्स दैनिकका सम्पादक कमन देवान,  सप्तरङ्गी एफएमका प्रबन्ध निर्देशक गिरिराज भट्टराई, पाथीभरा एफएमका समाचार सम्पादक कृष्ण कार्की, हिमशिखर टेलिभिजनका समाचार सह–संयोजक भुपाल लुइँटेल, किरात राई पत्रकार संघका केन्द्रीय सदस्य नगेन्द्र राई, नेपाल मानवअधिकार संगठनका केन्द्रीय सदस्य तथा पूर्वाञ्चल संयोजक डा. केपी सुवेदी, दमक अध्यक्ष देव सुवेदी, सचिव दिलीप श्रेष्ठले संयुक्त रुपमा बिज्ञप्ति जारी गरि प्रेस स्वतन्त्रता र सूचना पाउने अधिकारको सुनिश्चितताका लागि गम्भिर हुन आग्रह गरेका हुन् ।
यसैबीच पत्रकारहरुले सोमबार नैं ईलाका प्रहरी कार्यालय दमकमा पुगेर सुरक्षाको भरपर्दो व्यवस्था मिलाउन माग गरेका छन् । उनीहरुले बन्दका क्रममा क्षति पु¥याइएका सवारी साधनको क्षतिपूर्ति उपलव्ध गराउन समेत माग गरेका छन् । सो क्रममा दमक प्रहरी प्रमुख हरी खतिवडाले पत्रकारको सुरक्षाका लागि आफू गम्भिर भएको बताएका थिए ।
यसैगरी सञ्चार क्लब नेपालका सदस्य तथा हिमशिखर टेलिभिजनका पत्रकार ज्योति शर्मामाथि आन्दोलनकारीले दुव्र्यवहार गरेको प्रति संचार क्लब उर्लाबारीले निन्दा र भत्र्सना गरेको छ । क्लबका अध्यक्ष रुपेन्द्र शेर्माले बिज्ञप्ति जारी गरी सञ्चारकर्मी र सञ्चार संस्थामाथिको आक्रमण तुरुन्त बन्द गरी स्वतन्त्र प्रेसको सम्मान गर्न आन्दोलनकारीलाई आग्रह गरेका छन् ।

0 प्रतिकृया:

Post a Comment