विकास योजनाबारे अन्तक्र्रिया

दमक, वैशाख १५/दमकमा  सञ्चालित र आवश्यक बिभिन्न विकास योजना बारे बिहिबार दमक उद्योग बाणिज्य संघले अन्तत्र्रिmया सम्पन्न गरेको छ ।
अन्तरक्रियामा दमकमा निर्माणाधिन अतिथी सदन, रतुवा खोलामा घाट निर्माण तथा रङ्शाला निर्माणका बिषयमा छलफल भएको थियो । वाणिज्य संघका अध्यक्ष प्रकाश प्रसाईको अध्यक्षतामा भएको कार्यक्रममा नगरपालिकाका कार्यकारी अधिकृत राजेश पौडेल प्रमुख अतिथी रहेका थिए । पूर्व मेयर रोमनाथ ओली, आदिबासी जनजाती महासंघका नगरअध्यक्ष मोहन धिमाल, ध्रुवतारा स्पोर्टिङ क्लबका अध्यक्ष कमल कट्वाल, संघिय लोकतान्त्रिक राष्ट्रिय पार्टीका नगर ईन्चार्ज सन्तोष राई, किरात याक्थुङ् चुम्लुङ्का केन्द्रीय उपाध्यक्ष धिरेन लाओती, राष्ट्रिय जनमुक्ति पार्टीका केन्द्रीय सदस्य पदम जवेगू लगायतले बोलेका थिए ।
दमकमा अतिथी सदन, रङ्शाला तथा आर्याघाट निर्माणका लागि सबैको सहयोग र समन्वय आवश्यक रहेको बताका थिए ।

0 प्रतिकृया:

Post a Comment