महासंघद्वारा हस्ताक्षर संकलन

बिर्तामोड, वैशाख १५/बिर्तामोडमा हत्या गरिएका पत्रकार यादव पौडलका हत्याराको निश्पक्ष छानबिनको माग गर्दै नेपाल पत्रकार महासंघ झापाले हस्ताक्षर संकलन अभियान थालेको छ ।
बिहीबार शनिश्चरेमा हस्ताक्षर संकलन गरिएको महासंघका जिल्ला सचिव दिपेन वाला राईले जानकारी दिए । सोहि माग गर्दै आज दमकमा हस्ताक्षर संकलन गरिने जनाइएको छ । बिहान ८ बजेबाट दमक चोकमा गरिने अभियानमा सबैलाई सहभागिताका लागि महासंघले आग्रह गरेको छ । आगामी बैशाख १९ गते सम्म संकलन गरिएका हस्ताक्षर प्रमुख जिल्ला अधिकारी मार्फत सरकारलाई पठाईने छ ।    
एभिन्युज टेलिभिजन टिभी, मेची टाइम्स दैनिक तथा राजधानी दैनिकमा आवद्ध पत्रकार पौडेलको गत चैत २१ गते राति झापाको बिर्तामोडस्थित बसपार्क नजिकै हत्या गरिएको थियो ।

0 प्रतिकृया:

Post a Comment