सुत्केरीलाई चुम्लुङको सहयोग

विष्णु सुब्बा
दमक, वैशाख १५/सुरक्षित मातृत्व सेवामा सरकारी निकायबाट सहयोग पु¥याउँदै आएपनि झापाको राजगढमा भने जातीय संंस्थाले सुत्केरी महिलाहरुलाई सहयोग उपलब्ध गराउँदै आएको छ । सुत्केरी उठाउन राजगढमा किरात याक्थुङ चुम्लुङले लिम्बु महिलाहरुलाई ५ सय सम्म नगद दिदै आएको छ ।
चुम्लुङ गाउँ शाखामा आवद्ध भएका घरपरिवारहरु भित्रका महिलाहरुलाई चुम्लुङले सुत्केरी भत्ता दिने व्यवस्था सञ्चालन गरिआएका छन् । मानिसको मृत्यु भए १ हजार सम्म नगद किरिया खर्चको रुपमा सहयोग पु¥याउँदै आएको चुम्लुङ गाउँ शाखा अध्यक्ष भक्तबहादुर इस्बोले बताए ।
चुम्लुङले एक दशकदेखि गाउँमा त्यस्ता सामाजिक गतिविधिहरु गर्दै आएको छ । त्यस्तो खर्च गर्न चुम्लुङले एक अक्षय कोष खडा गरेको छ । कोषमा अहिले २ लाख ५० हजार रुपैयाँ संकलित छ । कोष मार्फत् प्राप्त ब्याज र वर्षेनी तिहार लगायतका चाडपर्वहरुमा देउसी भैलो खेलेर वर्षेनी रकम बृद्धि गरिआएका छन् । चुम्लुङ अध्यक्ष इस्वोका अनुसार लिम्बू जाति बाहुल्यता राजगढका ९० घर चुम्लुङमा संगठित छन् । चुम्लुङले ९० घर भित्र सहकारी सिद्धान्तमा सामाजिक परोपकारी कार्यक्रम लागू गरिएको अध्यक्ष इस्वो बताउँछन् । उनले भने–‘यसबाट संस्थाप्रति उत्तरदायीत्व र सहानुभुतिको रुपमा चुम्लुङमा आकर्षण बढेको छ ।’
ग्रामीण क्षेत्रमा आर्थिक बिपन्नता भएका कारण हुनसक्ने मानवीय क्षति रोक्न र सेवा पु¥याउने उद्देश्यले त्यस्तो राहतका कार्यक्रमलाई अन्य चुम्लुङ गाउँ÷नगर शाखाले समेत अनुशरण गर्न थालेका छन् । दमक नगर चुम्लुङले दमक–१ र ३ वडामा चुम्लुङमा आवद्ध परिवारभित्र कसैको मृत्यु भएमा २ सय नगद र २ केजी चामल राहत कार्य गरिआएको चुम्लुङ नगर सचिव देवेन्द्र चेम्जोङले बताए ।
राजगढ चुम्लुङले त्यस्ता राहत कार्यक्रम सँगै आपतकालिन कोष पनि सञ्चालन गरिआएको छ । ति कोषमार्फत् चुम्लुङका सदस्यहरुलाई आकस्मिक
हुने समस्यालाई पहिचान गरी बिना ब्याज १२ हजार रुपैयाँसम्म ऋण दिने व्यवस्था गरेको छ । ‘संस्थाले नियम बनाएको छ’ अध्यक्ष इस्बो भन्छन् –‘घटनाको अवस्था हेरेर संस्थाले भइपरी ऋण उपलब्ध गराउँदै आएको छ ।’
ऋण महिना दिनभित्रमा फिर्ता गर्नुपर्ने व्यवस्था छ । यसैगरी चुम्लुङ गाउँका असहाय विद्यार्थीहरुलाई शैक्षिक सामाग्रीहरु समेत वितरण गरी आएको अध्यक्ष इस्बो बताउँछन्  ।
चुम्लुङ राजगढको जन्म, मृत्यु जस्ता घटनामा गरिदै आएको उत्साहमूलक कार्य चुम्लुङ मात्र हैन हरेक क्षेत्रका संस्थाले सो कार्यान्वयन गरिनुपर्ने चुम्लुङ झापाका जिल्ला उपाध्यक्ष टेकबहादुर आङ्देम्बे बताउँछन् । ‘अत्यन्त सेवामूलक कार्य राजगढ चुम्लुङले थालेका छ’–उपाध्यक्ष आङ्देम्बे भन्छन्–‘दुःख, सुखमा आत्मीयता साट्ने माध्यम चुम्लुङ राजगढले उदाहरणाीय कार्य प्रस्तुत गरेको छ ।’  

0 प्रतिकृया:

Post a Comment