आश्रमको वार्षिकात्सव

मोरङ, वैशाख १५/ श्री कृष्ण प्रणामी अनाथ आश्रम ईन्द्रपुर मोरङको ४० औं वार्षिक उत्सव बिहीबार सम्पन्न भएको छ ।
नव निर्मित भवनमा पुजा गरेर श्री १ सय ८ मोहन प्रीयाचार्य जी महाराजबाट १७ चौपाई पाठ गरी कार्यक्रमको उद्घाटन गरिएको थियो । कार्यक्रममा सन्त श्री कृष्ण दास जी महाराजले झण्डोतलन गरेका थिए । कार्यक्रममा भारतका विभिन्न प्रान्त र नेपालका भक्तजनहरुको
सहभागिता रहेको थियो । यसैबीच, उद्धवप्रसाद रिजालको अध्यक्षतामा श्री कृष्ण प्रणामी सेवा आश्रम इन्द्रपुर मोरङको नयाँ कार्य समिति चयन गरिएको छ । २१ नयाँ कार्य समितिमा उपाध्यक्षत्रय, श्यामप्रसाद आचार्य, कृष्णप्रसाद बाँस्तोला, तिलकप्रसाद ढकाल, सचिवमा मेघराज दंगाल, सह–सचिवमा लोकराज दाहाल, कोषाध्यक्षमा तुलसी भट्टराई लगायत रहेको प्रचार–प्रसार संयोजक शरण भट्टराईले जानकारी दिए ।

0 प्रतिकृया:

Post a Comment