खोला पीडित संगठित

उर्लाबार, वैशाख १५/मोरङको बक्राहा खोलाका बाढी पीडितहरु क्षतिपूर्ति भरण र पुनस्र्थापनाको लागि एकजुट भएका छन् ।
सर्वोच्च अदालतले दैविप्रकोप पीडितको पक्षमा फैसला सुनाएपछि उनीहरु सरकारलाई क्षर्तिपूर्ति र मुआब्जा भरण गराउन एकजुट भएका हुन् । गत चैत्र २० गते सर्वोच्च अदालतका न्यायाधिशद्वय सुशीला कार्की र भरतराज उप्रेतीको इजलासले पीडितहरुलाई चलन चल्ती अनुसार क्षतिपूर्ति दिनुपर्ने फैसला सुनाएको थियो ।
पीडितहरुका तर्फबाट २०६५ सालमा अधिबक्ता कोषराज काफ्लेले सर्वोच्चमा मुद्दा दर्ता गराएका थिए । २०४३ साल यता बिभिन्न समयमा आएको खोलाबाढीले मोरङको ८ गाबिसका ५ सय भन्दा बढी स्थानीयबासीहरु बक्राहा खोलाबाट पीडित बनेका छन् ।

0 प्रतिकृया:

Post a Comment