लेखापढीमा निरौला

दमक, चैत्र ४/नेपाल लेखापढी कानुन व्यवसायी एशोसिएसन दमक इकाईको अध्यक्षमा सुशीलकुमार निरौला अध्यक्षमा चुनिएका छन् ।
 अध्यक्ष निरौला

शुक्रबार सम्पन्न इकाईको अधिवेशनले निरौलाको नेतृत्वमा ११ सदस्यीय कार्यसमिति चुनेको हो । निर्वाचित समितिको उपाध्यक्षमा शिवकुमार पौडेल, सचिवमा लोकनाथ पोख्रेल, सहसचिवमा बिक्रम ताजपुरिया र कोषाध्यक्षमा प्रेमबहादुर श्रेष्ठ चयन भएका छन् ।
समितिको सचिवहरुमा कृष्णकुमार गिरी, राजकुमार दाहाल, ताराबहादुर खड्का, कमलादेवी भण्डारी, रेवतमान आङ्वो र चित्रलाल ताजपुरिया रहेका छन् ।
निर्वाचित समितिलाई गठित निर्वाचन समितिका संयोजक मोहन अधिकारीले सपथ ग्रहण गराएका थिए । कार्यक्रममा इकाईका निवर्तमान अध्यक्ष नारायण कोइराला, गौरसिंह राजवंशी, भन्द्रपुर इकाई अध्यक्ष रमेश पोख्रेल, केन्द्रीय सदस्य युवराज कार्की लगायतले बोलेका थिए । ३ वर्ष कार्यकाल रहने सो इकाई अन्तर्गत ८३ जना लेखापढी कानुन व्यवसायीहरु संलग्न रहेका छन् ।

0 प्रतिकृया:

Post a Comment