दाइजो नल्याउँदा घर निकाला

उर्लाबारी, चैत्र ४/भने जति दाईजो नल्याएको भन्दै यातना दिइ घरबाट निकालिएकी मोरङ उर्लाबारीकी एक महिलाले परिवार विरुद्ध प्रहरीमा उजुरी दिएकी छिन् ।
उर्लाबारी–४ की किरण शाहले श्रीमान प्रकाश शाह सहित सासु र ससुरा विरुद्ध इलाका प्रहरी कार्यालय उर्लाबारीमा उजुरी दिएकी हुन् ।
दाइजो नल्याएको भन्दै बुबा–आमाको कुरा सुनी प्रकाशले आफूमाथि निर्घात कुटपिट गरी घरबाट समेत निकाली दिएको किरणले उजुरीमा उल्लेख गरेकी छिन् ।
२ बर्ष अघि भारतको दरभंगाबाट विबाह गरी ल्याएकी किरणमाथि लगातार यातना दिइएको स्थानीय महिला अधिकारीकर्मी सीता कार्कीले बताइन् ।

0 प्रतिकृया:

Post a Comment