तीन दिनपछि मृत फेला

उर्लाबारी, चैत्र ४/ ३ दिन अघिदेखि हराएका दक्षिणी मोरङको रंगेलीका एक ब्यक्ति जिल्लाको दर्बेशामा मृत फेला परेका छन् ।
रंगेली–७ का २३ बर्षीय पवनकुमार मण्डल दर्बेशा–२ मा तोरीबारीमा मृत अवस्थामा फेला परेको इलाका प्रहरी कार्यालय रंगेलीका प्रमुख धजिन्द्र कार्कीले जानकारी दिए । मण्डलको कसैले हत्या गरेको हुनसक्ने कार्कीले बताए ।
गत चैत्र १ गते घरबाट हराइरहेका मण्डल शुक्रबार बिहान मृत फेला परेका हुन् । मण्डलको मुखमा प्लाष्टिक कोचेर जलाई दिएका कारण अनुहार चिन्न समेत मुस्किल परेको प्रहरीले जनाएको छ । घटनाबारे अनुसन्धान थालिएको रंगेली प्रहरीले जनाएको छ ।

0 प्रतिकृया:

Post a Comment