सुन्दर छालाका लागि साथपात

सागपात र फलफूलको नियमित सेवनले मानिसको स्वास्थ्यमा निकै राम्रो प्रभाव पार्ने कुरा त हामीले थाहा पाएकै कुरा हो । हरियो सागपात र पहेँला फलफूलमा पाइने भिटामिन ए ले आँखा स्वस्थ राख्ने तथा अरु स्वास्थ्य समस्याबाट पनि बचाउने विज्ञहरु बताउँछन् ।

तर पछिल्लो अध्ययनले सागपात र फलफूलले आँखालाई मात्र होइन छाला पनि सुन्दर र स्वस्थ बनाउने तथ्य पत्ता लगाएको छ ।
स्कटल्याण्डको युनिभर्सिटी अफ सेन्ट एन्ड्रियुजका शोधकर्ताहरुले गरेको अनुसन्धानले फलफूत तथा सागपातको नियमित सेवन गर्ने मानिसको छाला सुन्दर तथा चम्किलो बन्ने र त्यसले मानिस बढी आकर्षक तथा सुन्दर देखिने तथ्य फेला परेको हो ।
अनुसन्धानका क्रममा शोधकर्ताहरुले विश्वविद्यालयका ३५ जना विद्यार्थीमाथि ६ हप्तासम्म अध्ययन गरेका थिए । उनीहरुको फलफूल तथा सागपात सेवनको दर र छालाको रंगको स्थितिका बीच तुलना गरिएको थियो । यसक्रममा सागपात र फलफूल पर्याप्त खाने विद्यार्थीहरुको छाला प्राकृतिक रातो तथा गुलाबी पहेँलो रंगमा परिवर्तन भएको थियो ।
फलफूल तथा सागपातमा हुने क्यारेटिन्वाइड भन्ने तत्वले छालाको रंग तथा स्वास्थ्यमा प्रभाव पार्ने वैज्ञानिकहरुको भनाइ छ । यस्तो तत्व पर्याप्त नभएका मानिसको छालाको रङ्ग फिक्का हुँदै जान्छ ।

0 प्रतिकृया:

Post a Comment