कृषि सडक स्तरोन्नति द्रुत– उपमुख्य समाचार

ग्रामीण पुनःनिर्माण तथा पुनःस्र्थापना आयोजना (आरआरआरएसडीपी) ले जिल्लामा हाल सञ्चालित तीनवटा कृषि सडकहरुको स्तरोन्नती कार्य द्रुत गतिमा अघि बढेको जनाएको छ । आयोजनाको जिल्ला कार्यालय प्रमुख राजेश घिमिरेले दुधे–शिवगञ्ज–कोरोबारी सडक अन्तर्गतपर्ने कोरोबारी–शिवगञ्ज खण्डको १९ किलोमिटर सडक कालोपत्रेको लागि आवश्यक तयारी भइरहेको बताए ।
त्यस्तै घेराबारी लक्ष्मीपुर सडक अन्तर्गतको चकचकी घेराबारी खण्डको करिब १९ किलोमिटर र अमरपथ सडक (सुरुङ्गा–झापा बजार) अन्तर्गतको २० किलोमिटर खण्डमा कालोपत्रे  गर्ने कार्य भइरहेको उनले जनाएका छन् । तीनवटा सडकको कूल ६० किलोमिटर खण्ड कालोपत्रे गर्न आयोजना मार्फत् २० करोड रुपैयाँ भन्दा बढी खर्च भइरहेको छ । ति योजनाहरुसँगै स्थानीय कृषकहरु उत्साहिक भएका छन् । साना किसान कृषि सहकारी संस्था लिमिटेड माहाभाराका अध्यक्ष पर्शुराम काफ्ले ढुवानी गर्न यातायातको कठिनाईका कारण कृषि उपजले बजार मूल्य नपाउने समस्याबाट ग्रस्त किसानहरु उत्साहित भएका बताए । उनले सो क्षेत्रका कृषकहरुले बिउ, मल, सिचाई आदिको समस्याका बावजुद उत्पादन गरेको मुख्य धान तथा तरकरीको उचित मूल्य कृषकहरुले नपाई रहेका बताए ।
‘ठूला बजार सम्म उत्पादन निर्यात गर्न नसक्दा मूल्य पाइरहेका थिएनन्, बाटो कालोपत्रे हुने भएपछि किसान उत्साहित छन्’ काफ्लेले भने । स्थानीयबासीहरुले सडक कालोपत्रेको गुणस्तर भने राम्रो हुनुपर्नेमा जोड दिएका बताइएको छ ।

0 प्रतिकृया:

Post a Comment