लाइभ कन्सर्ट आज

केर्खा, चैत्र ४/झापाको तोपगाछीस्थित केर्खामा आज हुने कन्सर्टको सम्पूर्ण तयारी पूरा  भएको छ ।
स्थानीय न्यू स्टार क्लबले आयोजना गरेको कन्सर्टका लागि पोखरेली ब्याण्ड द एजका कलाकार शुक्रबार राति नै दमक आएका कार्यक्रम संयोजक गोपाल साम्राले बताए ।
यसैबीच ब्याण्डका भोकलिष्ट जीवन गुरुङले झापामा पहिलो पटक आफ्नो ब्याण्डको प्रस्तुति हुन लागेको प्रतिक्रिया दिएका छन् । झापाली दर्शकलाई भरपुर मनोरञ्जन दिइने उनले बताए ।

0 प्रतिकृया:

Post a Comment