विद्योदयको १५ औँ वार्षिकोत्सव

गौरादह, चैत्र ४/गौरादह–८ स्थित विद्योदय शिशू सदन बोर्डिङ स्कूलको १५ औं वार्षिकोत्सव शुक्रबार सम्पन्न भएको छ ।
कार्यक्रममा प्रमुख अतिथि जिल्ला शिक्षा अधिकारी शुभकामना मन्तव्य राख्दै ।

झापाका जिल्ला शिक्षा अधिकारी लक्ष्मीप्रसाद भट्टराईको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा विद्यालयका उत्कृष्ट विद्यार्थी, शिक्षक, अभिभावक तथा शेयर धनीहरुलाई सम्मान गरिएको थियो । २०६७ सालको प्रवेशिका परीक्षामा ८८ दशमलव ८९ प्रतिशत अंक ल्याएर छात्र तर्फ झापा प्रथम हुने विद्यालयका विद्यार्थी विन्द बस्नेत तथा विशिष्ट श्रेणीमा प्रवेशिका उत्तीर्ण गर्ने विद्यालयका ७ जना विद्यार्थी तथा उनीहरुका अभिभावकलाई सम्मान गरियो ।
यस्तै शिक्षकहरु दोर्ण दुलाल र दीपेन्द्र खड्कालाई जनही ५ हजार रुपैयाँसहित पुरस्कृत गरियो । यसैगरी अन्य शिक्षकहरु टेकनाथ तिम्सिना, कल्पना घिमिरे, अच्युत कार्की र माधव कोइराला समेत सम्मानित भए । बोर्डिङ सञ्चालक समितिका अध्यक्ष मणि बस्नेतको अध्यक्षतामा भएको कार्यक्रममा जेष्ठ शेयर धनी तारादेवी थपलिया तथा अभिभावकहरु दीपेश बिष्ट र कल्पना थापालाई पनि सम्मान गरियो । सोहि कार्यक्रममा भएको अन्तर महिला समूह हाजिरीजवाफ प्रतियोगितामा गौराहद–४का सरस्वती महिला समूह प्रथम, वडा नम्बर–२ को शुभकामना महिला समूह दोश्रो र वडा नम्बर–८ को स्मृति महिला समूह तेश्रो भए । शिक्षक युवराज घिमिरेले सञ्चालन गरेको कार्यक्रममा प्रिन्सिपल गोपाल बरालले प्रगति प्रतिवेदन पेश गरेका थिए ।
कार्यक्रममा प्याब्सन जिल्ला अध्यक्ष नारायण भट्टराई, उपाध्यक्ष लक्ष्मण सुवेदी, बोर्डिङका पूर्व प्रिन्सिपल आरसी सुब्बा, स्थानीय अगुवा उर्मिला कार्की लगायतको आतिथ्यता रहेको थियो ।

0 प्रतिकृया:

Post a Comment