जेसीज स्थापनार्थ अन्तक्र्रिया

सतासीधाम, चैत्र ४/झापाको सतासीधाम–दुधेमा सतासीधाम जेसीज स्थापनार्थ अन्तक्र्रिया कार्यक्रम सम्पन्न भएको छ ।
दुधे स्रोत केन्द्रको सभा हलमा शुक्रबार सम्पन्न अन्तक्र्रियामा सुरुङ्गा जेसीजका सस्थापक अध्यक्ष लिला चिमरिया प्रमुख अतिथि रहेका थिए । रामप्रसाद मैनालीको अध्यक्षतामा भएको अन्तक्र्रियामा जेसीजको महत्वबारे प्रमुख अतिथि चिमरिया, सुरुङ्गा जेसीजका अध्यक्ष मोतिखर ओझा, उपाध्यक्ष बिनोद उप्रेती, सुरुङ्गा जेसीज वर्ष २०१० का अध्यक्ष कुमारमणि पोख्रेल लगायतले बोलेका थिए ।
सो अवसरमा स्थानीय युवाहरु शान्तिराम मैनाली, इन्द्रदेव पाठक, यादव घिमिरे, भीम लिबाङ, निधिकान्त खनाल, याम काफ्ले, गोविन्द काफ्ले, पशुपति चौधरी, लोकेन्द्र श्रेष्ठ, चन्द्र थापा लगायतले जेसीजबारे जिज्ञासा राखेका थिए ।

0 प्रतिकृया:

Post a Comment