आक्रोश, आवेग र अराजकता – पहिलो लेख

नरपति पाण्डे
“आºनो अपनत्व भएको संविधान, शान्ति सुरक्षाको प्रत्याभूति, मुल्य नियन्त्रण” आदि आन्दोलनमा भूमिका निभाउने नागरिकहरुको चाहना थियो । “सुख–सुविधाको न्युनतम अपेक्षा” भूमिहीन किसान र ज्यालामा ठगिएका श्रमिकहरुको तीव्र आशा थियो । “देश भित्रै रोजगारको अवसर” शैक्षिक बेरोजगारहरुको माग थियो । “राष्ट्रियपू“जीको सुरक्षा र प्रबद्र्धन” उद्योगपति र व्यवसायीहरुको पर्खाइ थियो । “राष्ट्रिय अखण्डताको जगेर्ना” सबै नेपालीहरुको मुल प्राण थियो । “अपराध र दण्डहीनताको पूर्ण समाप्ति” सम्पूर्ण आन्दोलित नागरिकहरुको एजेण्डा थियो । तर राजनीतिक आवेगजालले सबैको शान्ति र समृद्धिको ब्यग्र चाहनालाई आजसम्म लपेटी राखेको छ । गतिशील शान्तिको आम चाहनालाई विद्रोहको नक्कली फ“डाले तर्साइ राखेको छ ।
शान्ति स्थापनाका दृढ सङ्कल्पित बाह्र बु“दे हु“दै संविधानसभासम्म प्रमुख भूमिका खेल्दै गरेका तीन भिन्न दर्शन र शैली भएका राजनीतिक दलहरुको काम पारदर्शी छैन । यी मध्ये पनि संबिधानसभाको ठूलो राजनीतिक दल आफै शंकास्पद परिघटना भित्र आफूलाई हराइ राखेको देखिन्छ । जनताको भूमिका र जनताहरुमा रहेको व्यापक मानव शक्तिलाई मैत्री राजनीतिको माध्यमद्वारा उद्घाटिक गर्नुपर्ने आवश्यकतालाई नबुझ्नु आश्चर्य हु“दै आएको छ । समाजमा आएको मानव प्रवृतिको नया“ भूमिका र चाहनालाई ऐतिहासिक घटनाहरुस“ग तुलना गरेर फरक बाटो र शैली अपनाउन नमान्ने हठधर्मी अराजकताले मुलुकलाई चुर्लुम्म बनाएको छ ।
थोरै व्यक्तिहरुले बनाएका गुप्त संगठन, सशस्त्र शक्ति, षड्यन्त्र र आक्रमणलाई निर्णायक ठानेर आम नागरिकहरु र उनीहरुको वर्गीय चेतनाको भूमिकालाई पूर्ण तिरस्कार गर्नु ऐतिहासिक भौतिकवाद नभएर चरम अवसरवाद र उपभोक्तावादी बाटो हो । जनतामा आएको उत्पीडन विरोधी जागरणलाई सही मार्ग निर्देशन र नेतृत्व गर्नुको साटो अग्रगामी राजनीतिक परिवर्तनको लागि अनुकुलतालाई लतार्नु २०० वर्ष अघिको ब्लांकीवादी प्रवृतिको प्रयोग हो । निन्दा, विरोध, चित्कार, विलाप, अधैर्य र झोंकको कालीदह नै आक्रोश हो । आक्रोश राजनीतकि रक्तश्रावको रोग हो । बुद्धि, विवेक, धैर्य, सावधानी, कुटनीति जस्ता सीप र शैलीहरु आक्रोशले जलाई दिन्छ । आजसम्म यहीं भइराखेको छ । भर्खरै प्रधानमन्त्री डा. बाबुराम भट्टराईले “काम गर्न पनि नसक्ने, गर्न चाहनेलाई वातावरण निर्माण पनि नगर्ने” भन्दै आºनै साथीहरु र प्रतिपक्षहरुलाई झोंक पोखे । यो उनको भनाइमा निरासा, हिनताबोध र अनिच्छाको मिश्रण छ । गाउ“–गाउ“मा पुलपुलेसा, संचारका संरचनाहरु, गाविस भवनहरु, विद्यालय भवनहरु, स्वास्थ्य चौकी तथा अन्य सेवा र सुविधा धमाधम बन्दै र बनाउ“दै गरेको समयमा अचानक आक्रमक राजनीति शुरु गर्ने शक्तिका दोस्रो सञ्चालक पनि डा. बाबुराम भट्टराई हुन् । अहिले देशको प्रमुख कार्यकारी पदका प्रमुख पनि उनै छन् । आºनै दल भित्र झाङ्गिएको विरोध र विद्रोहको ब्लांकीपंथ डा. बाबुराम भट्टराई अर्थात प्रधानमन्त्रीलाई गलपासो हु“दै छ ।
आक्रोशले आक्रमक बनाउ“छ र धैर्य गुमाउ“न पुग्दछ । माक्र्सवादको आवुतिमा दण्डहीनताको राजनीतिबाट क्रान्तिकारी रुपान्तरण दुनिया“मा कहीं भएन । मुलुकले सहमति, सहकार्य, प्रतिस्पर्धा, एकता र मैत्री राजनीतिको माग गरेको २५ औं वर्ष भैसकेको छ । वाम राजनीति मुलुकको मुलधार बन्दै आएको थियो । विद्रोह र विध्वंसबाट परिवर्तन सम्भव नहुने माक्र्सवादी चिन्तनको पूर्ण अवज्ञाले मुलुक थिलथिलो भएको थियो । सहज राजनीति वातावरणका लागी बाह्रबु“दे र विस्तृत शान्ति सम्झौता भएको थियो । ति सहमति र सम्झौता षड्यन्त्र वा झुक्याउन गरिएको थियो भने त्यो जनता प्रति गद्दार गरेका प्रमाणित हुनेछ । अग्रगामी राजनीतिक रुपान्तरणको लागी एउटा निश्चित विचार वा बटमलाइन “शान्ति र संविधान” सबै राजनिितक दलहरुको साझा कार्यभार हो । यो प्राप्तिको माध्यम संविधानसभा नै हो । यो अवसरलाई ओझेलमा पारेर सत्ता टिकाउन विदेशीहरुस“को हिमचिम अनि “५० औं हजार मानिस मर्न सक्ने” हिंसात्मक अभिव्यक्ति मुलुकको कार्यकारी प्रमुखले दिनु तानाशाही क्रिडा हो ।
अर्काले राम्रो गर्दै गरेका कामलाई देखिनसहनेले आफू पनि राम्रो काम गर्न सक्दैन । राजनीतिक पीडाको जलनले जनता र देश जलाउनेहरु न देशभक्ति हुन्छन् न नागरिक मैत्री । बेथितिको सञ्जाल नै सुशासनको वैरी हो । बेथितिमा अपराधीहरु सबभन्दा शक्तिशाली र निर्णायक हुन्छन् । अटेरी, रुखो, मत्ता, लापर्वाही आदि अराजकका पर्याय हुन् । मानसिक उत्तेजनाले समाजवादी आन्दोलन सफल हु“दैन । यो आन्दोलन सफल भएन भने गरीब, निर्धन र श्रमिकहरुको हितको भविष्य पनि कमजोर नै रहन्छ । मुलुक र जनताको अवस्था बुझेर मात्र दृष्टिकोण, चिन्तन र अडान बनाउनेहरुले क्रान्तिकारी रुपान्तरणको कार्यभार पूरा गर्दछन् । आक्रोश, आवेग र अराजकताबाट होइन ।
शान्तिपूर्ण, अखण्ड र समृद्ध नेपाल निर्माण गर्ने औसर अझै टरेको छैन । विगतका सहमति र सम्झौताका आधारहरु अझै शक्तिशाली रुपमा छन् । तिनीहरुको अनुसरण र अनुकरण शान्ति स्थापना र जनताको अपनत्व भएको संविधान बनाउन अझै महत्वपूर्ण छ । पीडा र धम्कीको मानसिक सिजोफ्रेमिक रोगबाट मुक्त भइ राजनीतिक साझेदारहरुको मन जित्नुमा मुलुकको हीत छ ।
navinnp35@gmail.com

0 प्रतिकृया:

Post a Comment