इटहरालाई फराकिलो बनाउन थालियो

उर्लाबारी, चैत्र ५/ मोरङको इटहरालाई ब्यवस्थित बनाउनको लागि सडकलाई फराकिलो बनाउने कार्य थालिएको गरिएको छ ।
इटहरा बजार ब्यवस्थापन समितिले इटहरा चौकको सडकमा दुबैतर्फबाट फराकिलो बनाउन थालेको हो । स्थानीय घडेरीवालाहरुसँग रकम सङ्कलन गरी बजार क्षेत्रमा माटो पुराई गरिरहेको समितिका सचिव युवराज कट्टेलले जानकारी दिए । करिब ५ सय मिटरमा क्षेत्रमा माटो पुर्ने काम भईरहेको र ग्राभेल गर्ने लक्ष्य रहेको उनले बताए । दुर्घटना न्यूनिकरण, बजार क्षेत्रलाई व्यवस्थित गर्नको लागि सरोकारवालाहरुसँग नै रकम उठाएर माटो पुरिएको तर स्थानीय निकायबाट भने सहयोग नपाएको उनले बताए । त्यस्तै सो समितिले वृक्षारोपण गर्नुको साथै पशुबजार समेत सञ्चालन गरेको छ ।

0 प्रतिकृया:

Post a Comment