उर्लाबारी, चैत्र ५/ मोरङको उर्लाबारीमा शुक्रबार ७ दिने समुदायमा आधारित नवजात शिशु स्याहार तालिम सम्पन्न भएको छ ।
प्लान नेपालको आर्थिक सहयोगमा जिल्ला जनस्वास्थ्य कार्यालय मोरङको आयोजनामा प्राथमिक स्वास्थ्य केन्द्र मंगलबारेमा भएको हो । मधुमल्ला, केरौन, बयरवन, बैजनाथपुर, डंग्राहा, याङसीला, केराबारी, उर्लाबारी लगायतका २० जना स्वास्थ्यकर्मीहरुको सहभागिता रहेको थियो । तालिममा डा. भवेश थापा, अहेव महेश चौधरी, योगेन्द्र कट्टेल, जनस्वास्थ्य अधिकृत टेकराज कोइरालाले सहभागीहरुलाई प्रशिक्षण दिएका थिए । गत साल छुटेका र सरुवा भई आएका स्वास्थ्यकर्मीहरुलाई प्रशिक्षण दिएको डा. भवेश थापाले बताए ।

0 प्रतिकृया:
Post a Comment