चुम्लुङ झापाको नयाँ नेतृत्व

बिर्तामोड, चैत्र ५/ किरात याक्थुङ चुम्लुङ झापाको अध्यक्षमा पुनः पूर्णमान लावती चुनिएका छन् ।
शनिबार बिर्तामोडमा सम्पन्न सातौँ जिल्ला अधिवेशनले लावतीको नेतृत्वमा १७ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको हो । आगामी ३ वर्षे कार्यकालका लागि सर्वसम्मत निर्वाचित समितिको उपाध्यक्षमा टेकबहादुर आङ्देम्बे, सचिवमा विष्णु सुब्बा, सहसचिवमा नक्कलमान शेर्मा र कोषाध्यक्षमा हरिदेवी लावती चयन भएका छन् ।

सदस्यहरुमा पविमाया आङ्देम्बे, इन्द्रकुमार नेम्वाङ, डिबी सुब्बा, सन्चमाया इङ्नम, अमृता नेम्वाङ, प्रेमकुमार
कन्दङवा, टेकमान सुब्बा, पूर्ण कन्दङ्वा रहेका छन् । यस्तै एसएन मेन्याङ्वो, फुङवाहाङमा लिम्बु, राजेश जवेगु र टेकबहादुर चेम्जोङ रहेका छन् । २२ सदस्यीय रहने जिल्ला समितिको थप ५ सदस्यमा समितिले मनोनयन गर्ने बताइएको छ ।
सो अधिवेशनमा निर्वाचित समितिलाई सोही अवसरमा सपथ ग्रहण गराएका थिए । अधिवेशनको उद्घाटन सत्रमा चुम्लुङका केन्द्रीय सदस्य नरपति फोरुम्वो, केन्द्रीय सदस्य धिरेन लावती, ताजपुरिया समाज कल्याण परिषद्का पर्शुराम ताजपुरिया, नेवा दवयुका अध्यक्ष कृष्ण उदास, मगर संघका चन्द्रबहादुर मगर लगायतले बोलेका थिए । उद्घाटन सत्रमा वक्ताहरुले लिम्बु जातिका ऐतिहासिक धर्म, संस्कृति, भाषा लिपीको संरक्षण बिना मुलुक समृद्ध नहुने भएकाले ति जातिहरुले उठाएका अधिकारका माग सम्बोधन हुनुपर्ने बताएका थिए ।
सो अधिवेशनको बन्दसत्रमा चुम्लुङका अध्यक्ष र कोषाध्यक्षले प्रस्तुत गरेको सांगठानिक र आर्थिक प्रतिवेदन पारित गरिएको थियो ।

0 प्रतिकृया:

Post a Comment