राजश्व संकलनमा जोड दिन निर्देशन

भद्रपुर/  अर्थमन्त्री वर्षमान पुनले राजश्व संकलनमा ध्यान दिन कर्मचारीहरुलाई निर्देशन दिएका छन् । मंगलबार झापाको भद्रपुरस्थित आन्तरिक राजस्व कार्यालयको स्थलगत निरीक्षण गरेपछि अर्थमन्त्री पुनले कर्मचारीहरुलाई यस्तो निर्देशन दिएका हुन् ।

मन्त्री पुनले सदाचारपूर्ण व्यवहार गरी सेवाग्राहीको कामकाजलाई सर्वोपरी मानेर कार्य गर्न कर्मचारीहरुलाई निदेशन दिए । कार्यालयको राजस्व सङ्कलनको प्रगति सन्तोषजनक रहेको उल्लेख गर्दै मन्त्री पुनले कर्मचारीको कामको सराहना समेत गरे । अर्थमन्त्री पुनले घरवहाल कर उठाउन सक्दो प्रयास गर्न समेत कर्मचारीलाई आग्रह गरेका थिए ।
सो अवसरमा आन्तरिक राजस्व कार्यालयका प्रमुख नारायण ढकालले गत माघमा निर्धारित लक्ष्य भन्दा तीनगुणा बढी राजस्व सङ्कलन भएको र शिक्षा सेवा करमा ६०९ प्रतिशतले बढेको जानकारी गराएका थिए । (फोटो पनि छ ः अर्थमन्त्री वर्षमान पुन)

0 प्रतिकृया:

Post a Comment