नयाँ स्थानमा लेटाङ बसपार्क

उर्लाबारी/ मोरङको लेटाङस्थित बसस्टेण्ड नयाँ स्थानमा सारिएको छ । कानेपोखरी लेटाङ जोड्ने मुख्य सडकमा रहेको बस स्टेण्ड लेटाङ–६ स्थित साना किसान सहकारी संस्था पूर्व, जनसेवा सामुदायिक वनको कार्यालय उत्तरमा रहेको सार्वजनिक खाली जग्गामा सारिएको हो ।
बजारलाई व्यवस्थित र भीड रहित बनाउने उद्देश्यले गाविसको पहलमा व्यवसायीहरुसँगको छलफलबाट उक्त स्थानमा सारिएको लेटाङका गाविस सचिव पुरुषोत्तम घिमिरेले जानकारी दिए ।  केहीबर्ष अघिदेखि बस  स्टेण्डको नाममा राखिएको जग्गा अतिक्रमण हुने सम्भावना बढेपछि बस स्टेण्डलाई उक्त स्थानमा सारिएको बस व्यवसायी सूर्य गिनेलले बताए ।
गाविसले यसपटक बस बिसौनीको पूर्वाधार निर्माणको लागि १ लाख रुपैया छुट्याएको छ । तर व्यवसायीहरु एकजुट भएर सहयोग रकम जुटाउन नसके त्यति रकमबाट कुनै काम अघि नबढ्ने गाविस सचिव घिमिरेले बताए ।

0 प्रतिकृया:

Post a Comment