व्यवसायीहरु संगठित

सतासीधाम/  झापाको सतासीधाममा फोटो तथा कम्प्युटर व्यवसायीहरु मंगलवार संगठित भएका छन् ।
फोटो तथा कम्प्युटर व्यवसायीहरु उपस्थित भेलाले पौडेल फोटो स्टुडियो झिलझिलेका सञ्चालक खड्गप्रसाद पौडेलको अध्यक्षतामा ९ सदस्यीय रहेको फोटो तथा कम्प्युटर व्यवसायी संघ झिलझिले गठन गरेको छ । जसको उपाध्यक्षमा रोमविन स्टुडियोका रोम मगर, सचिवमा सताक्षी मिडिया सोलुसनका अनिल यादव र कोषाध्यक्षमा संसार फोटो स्टुडियोका शर्मीला प्रसाई रहेका छन् ।
यसैगरी सदस्यहरुमा युनिक भिजनका कमल प्रसाई, थुलुङ्ग स्टुडियोका कैलाश राई, मनकामना अफसेट प्रेसका होमनाथ घिमिरे, मुनलाइट साइवरका प्रकाश कार्की र निमा कम्युनिकेशन एण्ड कम्प्युटर इन्स्टिच्युटका जीवन तामाङ्ग रहेका छन् । फोटो तथा कम्प्युटर व्यवसायीहरुको हकहित, संरक्षण, विकास, प्रगति गरी बजारमा देखिएको मनपरी मूल्यसूचीलाई पनि नियन्त्रण गर्ने अध्यक्ष पौडेलले सञ्चारकर्मीहरुलाई बताए ।

0 प्रतिकृया:

Post a Comment