ट्रक दुर्घटनामा तीनको मृत्यु

८ जना घाइते
भोजपुर/ भोजपुर र खोटाङको सीमास्थल टेम्केमा आयोजित टेम्के महोत्सवबाट फर्केको मिनी ट्रक दुर्घटना हुँदा तीनजनाको मृत्यु भएको छ ।
भोजपुरको गुप्तेश्वर–८ साउने भन्ने ठाउँमा मंगलबार साँझ भएको सो दुर्घटनामा अन्य ८ जना घाइते भएका छन् । मृत्यु हुनेहरुमा भोजपुर गुप्तेश्वर–६ की ४५ वर्षीया सावित्री राई, ६० वर्षीया जनकुमारी राई र जरायोटारका ६० वर्षीय राजन कार्की रहेका भोजपुरका प्रहरी नायब उपरीक्षक युवराज बैद्यले जानकारी दिए ।
दुर्घटनामा घाइते हुनेहरुमा अन्नपूर्ण गाविसका सुमन अधिकारी, सम्झना राई, गुप्तेश्वरका भोजकुमारी प्रधान, रेनुका राई, गणेश खत्री, गोमा बस्नेत, देउरालीका दावा किराती, तेजेन राई र नागी राई रहेका छन् । उनीहरुको जिल्ला अस्पताल भोजपुरमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।
घटनास्थल सदरमुकामदेखि २० किलोमिटर पश्चिममा पर्छ । कोचाकोच यात्रु बोकेर फर्केको को.१.ख २५६६ नम्बरको सो मिनी ट्रक अत्याधिक भारका कारण दुर्घटनामा परेको प्रहरीको प्रारम्भिक अनुमान छ ।

0 प्रतिकृया:

Post a Comment