हत्यारा पत्ता लगाउन माग

बिर्तामोड/´ापाको हल्दीबारीस्थित उच्च माध्यमिक विद्यालयकी एक छात्राको हत्या भएको चार दिन बित्दा पनि हत्यारा पत्ता नलागेकामा विद्यालयले चिन्ता व्यक्त गरेको छ ।
विद्यालयका अध्यक्ष रेवतीरमण्ँ नेपाल अभिभावक सङ्घका अध्यक्ष नरबहादुर बस्नेत र प्राचार्य यामकुमार सिटौलाले संयुक्तरुपमा विज्ञप्ति जारी गरी कुनै बहानामा दोषीलाई उन्मुक्ति दिइएमा विद्यालय सशक्त आन्दोलनमा उत्रिने चेतावनी दिइएको छ ।
सोही गाविसको वडा नम्बर ८ बस्ने कक्षा सातमा अध्ययनरत १३ वर्षीया सावित्रा राजवंशीको गत माघ १९ गते आफ्नै घर नजिकको चियाबारीमा बलात्कार गरी हत्या गरिएको बताइएको छ । उक्त घटनाले गर्दा त्यस क्षेत्रका विद्यालयका साथै गाउँमा आतङ्क छाएको छ ।
जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी प्रमुख प्रहरी उपरीक्षक तारिणीप्रसाद लम्सालले अनुसन्धान तीव्र गतिमा भइरहेको र घटनामा संलग्न व्यक्तिलाई चाँडै पक्राउ गरिने बताए ।

0 प्रतिकृया:

Post a Comment