कुखुरा मार्न थालियो

इटहरी÷बर्डफ्लु संक्रमित पोल्ट्री फर्मका कुखुरा मार्न सुरु गरिएको छ । क्षेत्रीय पशु निर्देशनालयको अन्वेषण कार्यालय प्रमुख डा। बोधराज आचार्य नेतृत्वको ८ सदस्यीय टोलीले संक्रमित आशंका गरिएको सुनसरीको खनार- २ स्थित पाथीभरा पोल्ट्री फर्मका कुखुरा मार्न थालेको हो ।
सोमबार बिहान करिब २ हजार कुखुरा मारिएको आचार्यले जानकारी दिए । सोमबार नै दुई किलोमिटर उत्तरमा रहेको इटहरी-६ बज्राहामा रहेको पीके पोल्ट्री सप्लायस्रका कुखुरा मार्ने आचार्यले जानकारी दिए ।
सुनसरी प्रशासनले दुवै पोल्ट्री फर्म आसपासका क्षेत्रलाई संकटग्रस्त घोषणा गरेको छ भने सुनसरी जिल्लाभर पंक्षीजन्य वस्तु आयात-निर्यातमा रोक लगाइएको छ ।
बेलायतस्थित अन्तर्राष्ट्रिय प्रयोगशालामा गरिएको परीक्षणमा दुवै पोल्ट्री फर्मको नमुनामा बर्डफ्लुको जिवाणु फेला परेको थियो ।

0 प्रतिकृया:

Post a Comment