महिलालाई अनौपचारिक शिक्षा

सानोबाह्रघरे/ विद्यालय जाने उमेर पार भइसकेका महिलाहरुलाई अनौपचारिक शिक्षा प्रदान गर्ने उद्देश्यले झापाको दमकमा महिला शिक्षा दोस्रो कक्षा शुरु गरिएको छ ।
दमक-१७ स्थित सानो बाह्रघरे सामुदायिक अध्ययन केन्द्रले जिल्ला शिक्षा कार्यालय भद्रपुरको सहयोगमा सो कक्षा शुरु गरेको हो । केन्द्रका सचिव कुवेर भट्टराईले स्थानीय पशुपति नि।मा।वि।मा सोमबार आयोजित कार्यक्रमका बीच सो को उद्घाटन गरेका छन् ।
सो अवसरमा १५ देखि ४५ वर्ष उमेर समूहका २० जना महिला विद्यार्थीहरुलाई शैक्षिक सामाग्री हस्तान्तरण गरिएको थियो । कार्यक्रममा सो विद्यालयका प्रधानाध्यापक सिताराम निरौलाले पनि बोलेका थिए । कार्यक्रममा स्थानीय अगुवाहरु शिक्षक महिला लगायत उपस्थित थिए । केन्द्रले साचालन गर्ने सो कार्यक्रममा वडा नम्बर १६ १७ १८ र १९ मा कूल ८० जना महिला सहभागी हुने जनाइएको छ । अनौपचारिक शिक्षा तथा महिला शिक्षा नाम दिइएको सो कार्यक्रम ६ महिनासम्म चल्ने बताइएको छ ।

0 प्रतिकृया:

Post a Comment