संरचना बनाइन्छन् संरक्षणमा चासो छैन-मुख्य समाचार

विष्णु पौडेल
नगरभित्र पक्की सडक झण्डै २४ किलोमिटर 
ढल २० किलोमिटर ७३टज्ञछद्धडसग्राभेल ४६ किलोमिटर
दमक/ वि.स. २०४५ सालमा दमक नगरपालिकामा पहिलो पटक ७ सय मिटर पक्की ड्रेन ढल निर्माण गरिएको थियो । एक अन्तर्राष्ट्रिय संस्थाको सहयोगमा नगरपालिका अगाडिबाट राधाकृष्ण मन्दिरसम्मको सडकको एक किनारामा ढल निर्माणसँगै नगरका अन्य चल्तीका सडक किनारमा समेत पक्की ढलको आवश्यकता खड्कियो ।
०५० सालतिर पुनः पूरानो आम्दाको गेटदेखि हनुमान मन्दिरसम्म नगर विकास कोष टीडीएफ को सहयोगमा अर्को पक्की ढल निर्माण गरियो । नगरपालिकामा बढ्दो शहरीकरणसँगै घर निर्माण र जनसंख्याको समेत चाप बढ्दै जाँदा शहरलाई व्यवस्थित बनाउने प्रयास स्वरुप हालसम्म २० किलोमिटर पक्की ढल निर्माण गरिएका छन् । त्यस्तै नगरभित्र पूर्व-पश्चिम राजमार्ग सहित २३ किलोमिटर ७ सय मिटर कालोपत्रे र ४६ किलोमिटर ३ सय ५० मिटर ग्राभेल सडक निर्माण गरिएका नगरपालिकाका नायब सुब्बा धनबहादुर श्रेष्ठले जानकारी दिए । उनका अनुसार नगरभित्र अझै २७ किलोमिटर ४ सय मिटर सडक कच्ची अवस्थामा छ ।
शुरुका दिनहरुमा नगरपालिकाभित्र ढलको आवश्यकता यतिधेरै महशुस गर्न थालियो कि उपभोक्ता नगरबासी आफै यसमा जुटे । नगरपालिकाका इन्जिनियर तीर्थनारायण श्रेष्ठको अनुमानमा २० किलोमिटर पक्की ढल नगर भित्र बनाइसकिएका छन् ।


विशेष गरी १० वर्ष अघि उपभोक्ताहरुको नेतृत्वमा नगर भित्रका सडक कालोपत्रे गरिन थालेपछि प्रायजसो सडकका दुवै किनारमा ढल निर्माण गरिएका छन् । कालोपत्रे नगरिएका ग्राभेल सडकका समेत दुवै किनारमा ढल निर्माण भइरहेका इन्जिनियर श्रेष्ठले बताए । सडक ढल र फोहोर व्यवस्थापन एक अर्कामा अन्तर सम्बन्धित छन् । सडकका दुवै किनारमा पक्की ढल निर्माण गर्न लाखौं खर्च भएपनि त्यसको तुलनामा ढलको उचित संरक्षण हुन सकेको छैन ।
बेलडाँगी रोडको मुख्य मानिएको इलाका प्रशासन मालपोत कार्यालय अगाडिकै सडकको किनारमा रहेको ढल फोहोरले भरिएको छ । गएको वर्षायाममा नालाभित्र जमेको पानी र फोहोरजन्य वस्तुको दुर्गन्ध नै छ यति बेला । सडक र ढल निर्माणमा उपभोक्ता तथा नगरपालिकाबाट देखाइएको सकि्रयता संरक्षणका लागि भने अगाडि नबढ्दा नगरभित्र करोडौं रुपैयाँको खर्चमा बनाइएका संरचना अर्थहीन बन्ने अवस्थामा पुगेका छन् । इन्जिनियर श्रेष्ठ भन्छन्-ुसंरचना एकपटक बनाउँदैमा मख्ख कसैले पर्नु हुँदैन निरन्तर रेखदेख र संरक्षण प्रमुख आवश्यकता हो ।ु संरचना निर्माणसँगै संरक्षणको दायित्व उपभोक्ताहरुलाई नै नगरपालिकाले सुम्पिने गरेको श्रेष्ठले बताए ।
गत आर्थिक वर्षमा मात्रै सडक कालोपत्रे तथा कल्भर्ट निर्माणका लागि नगरभित्र ६ करोड ५ लाख रुपैयाँ खर्च भएको इन्जिनियर श्रेष्ठले सुनाए । सो मध्ये २ करोड रुपैयाँ उपभोक्ताको बजेट खर्च भएको बताइएको छ । यतिको धेरै बजेट खर्चिइएका संरचनाको रेखदेखमा जोड दिन आवश्यक रहेको वडा नं। ११ स्थित थाना लाइन शान्तिमार्ग सडक निर्माण तथा उपभोक्ता समितिका कोषाध्यक्ष नन्दी अधिकारी बताउँछन् । ढल निर्माण गरिदा ढकनीको व्यवस्था समेत तत्कालै हुन आवश्यक रहेकोमा प्राविधिक तथा उपभोक्ताहरु एकमत छन् । तर यसको कार्यान्वयनमा दुवैपक्षको सकृयता पाइदैन ।

0 प्रतिकृया:

Post a Comment