फोहोरको चुनौति उस्तै-उपमुख्य समाचार

दैनिक ७ मेटि्रक टन फोहोर उत्पादन हुने दमक नगरपालिकामा फोहोर मैला व्यवस्थापनका लागि चालु आर्थिक वर्षमा २१ लाख ५० हजार रुपैयाँ विनियोजन भएको छ । १७ जना कुचिकारलाई जनही २ सय ३१ रुपैयाँ दैनिक ज्याला फोहोर बोक्ने तीनवटा सवारीमा इन्धन तथा सरसफाईका लागि आवश्यक उपकरणहरुको
व्यवस्था सो बजेटबाट गर्नुपर्ने हुन्छ । नगरपालिकाका वातावरण विभाग प्रमुख द्रोण थापा भन्छन्-ुकर्मचारीको तलब भत्ता र औजार उपकरणका व्यवस्थापन गर्नै हम्मे पर्छ ।ु उनले नगरपालिकाको १६ औँ नगर परिषद्ले फोहोरको दिगो व्यवस्थापन गर्ने सम्बन्धी नीतिगत निर्णय गरेपनि हालसम्म ठोस काम अगाडि बढ्न नसकेको बताए । नगरको फोहोर व्यवस्थापन गर्न व्यवस्थित ल्याण्डफिल्ड साइडको लागि ७ बिगाहा क्षेत्रफल खाँचो रहेको उनले बताए ।

0 प्रतिकृया:

Post a Comment