गौरीको अध्यक्षतामा मण्डल

गौरीगाज/ गौरीगाज-८ ठेकीटोलमा रहेको गौरी प्रा।वि।sाे व्यवस्थापन समिति अध्यक्षमा जयराम मण्डल निर्वाचित भएका छन् ।
सोमबार भएको निर्वाचनमा ७६ मत ल्याएर मण्डल बिजयी भएका हुन् । उनका निकटतम प्रतिद्वन्द्वी बिनोद यादवले ५४ र अर्का प्रतिद्वन्द्वी लक्ष्मण तामाङले १४ मत ल्याएका छन् ।
त्यसैगरी सदस्यहरुमा जीतबहादुर राई गोपाल महतो र सुनिता पासवान सर्वसम्मत चयन भएका जनाइएको छ । कूल १ सय ६० मतदाता रहेको निर्वाचनमा खसेको मतमध्ये २ मत रद्द भएको थियो ।

0 प्रतिकृया:

Post a Comment