पुल भत्किदा ट्रक पल्टियो

जलथल/ सोमबार राति साढे ७ बजे जलथल ४ स्थित काजली खोलाको काठे पुल भत्किदा धान बाकेको ट्रक पल्टिएको छ ।
ढडुवाबाट धान बोकेर बिर्तामोड तर्फ आइरहेको मे।१ ख ११८९ नम्बरको ट्रक हुलाकी मार्ग अन्तर्गतको सो पुल भत्किदा पल्टिएको हो ।
सो दुर्घटनामा कुनै मानवीय क्षति भने नभएको बिर्तामोड सहकर्मी विवेक खड्काले जनाएका छन् । पुल भत्किएपछि सो सडकमा आवत्जावत्मा बाधा पुगेको छ । आज देखि पृथ्वीनगरको किच्चकबधमा लाग्ने मेला भर्न सर्वसाधारणलाई समस्या भएको छ ।
सो मार्ग भएर जलथल-५ ६ ७ ८ र ९ नम्बर तथा राजगढ घेराबारी पथरीया बालुवाडी लगायतका गाविसका बासिन्दा दैनिक सदरमुकाम चन्द्रगढी आउनेजाने गर्ने गरेका छन् ।

0 प्रतिकृया:

Post a Comment