शान्ति र स्थापना नेतागत प्रवृत्तिहरु


नेपालमा राजनीतिक परिवर्तनको शृङ्खला हेर्दा र इतिहास पढ्दा धेरै लामो बढीसकेको छ । यसरी २००७ साल २०१७ साल २०३६ साल २०४६ साल र २०६२÷६३ सालको राजनीतिक परिवर्तनहरुले नेपाली जनताहरुको आवश्यकता इच्छा आकांक्षा र देशमा आर्थिक सामाजिक शैक्षिक क्षेत्रहरुको स्थायीरुपले सम्बोधन गर्न नसकेको कारणले परिवर्तनका लहरहरु चलिरहेको छ । हरेक पटकको परिवर्तनहरुमा तत्कालिन समस्याहरुको ठेगान नलाग्दा नेपाल र नेपाली जनताहरु जहिले पनि अभाव अशिक्षा र गरीबीमा पिल्सीरहनु परेको छ । देशले राजनीतिक कार्य दिशा सहीरुपमा बाटो नलिएको कारणले आज नेपाली युवाहरु र शैक्षिक र प्राविधिक जनशक्तिहरु विदेशतिर पलायन बढीरहेको छ । हाम्रो भन्दा पनि कम स्रोत र साधनहरु भएका मुलुकहरुमा हाम्रा देश श्रम शक्तिहरुले पसिना बगाउ र देशलाई समुन्नत बनाई दिने काम गरिरहेका छन् । हाम्रो देशको जलस्रोत जडिबुटी लगायतका प्राकृतिक सम्पदाहरुलाई सदुपयोग गर्न पाएको भए स्थिर राजनीतिक वातावरण बनेको भए देशले एउटा स्वाभिमानी देशभक्त राष्ट्रवादी इमान्दार शासक नेता पाएको भए आज जीवन निर्वाह गर्न विदेशीहरुको कुल्ली कवाडी र नोकरका रुपमा युवा शक्तिहरुलाई पराईको भूमिमा समर्पण गर्नुपर्ने थिएन । हाम्रो देश पनि विकसित भएको भए युवा शक्तिहरु विदेशीहरुको गुलामी बनेर मेनपावरका दलालहरुको ढोका चार्दै विदेश जान हार गुहार गर्नुपर्ने थिएन ।
तर यति धेरैपटक राजनीतिक परिवर्तनहरु गर्दा र हुँदा पनि सही नेतृत्व पाउन नसकेर देशले उन्नति प्रगति समृद्धिको बाटोमा फड्को मार्न सकेको छैन । प्रत्येक पटकको राजनीतिक परिवर्तनपछि नयाँ व्यक्तिहरु नयाँ अनुहार लिएर सत्तामा शासक बनेर देखा पर्छन् । जनताका नेताहरु नवशासकमा परिणत हुन्छन् । सत्तामा पुग्नका लागि गरीब निमूखा सिधा इमान्दार जनताहरुलाई आश्वासनको ठूला-ठूला पोकाहरु बाँड्छन् । सत्तामा पुगेर भत्ता खान थालेपछि एका-एक राता-रात नवशासकहरुको चरित्र प्रदर्शन गर्न थालिहाल्छन् । जन भावनाहरुप्रति कुठाराघात गर्छन् । समाजवादी भनेपनि साम्यवादीको दर्शन छाटेपनि क्रान्तिकारीको डिङ्ग हाकेपनि सर्वहाराहरुको हित फलाकेपनि सत्ताको मातले सबै परिवर्तनकारीहरुलाई जनविरोधी नै बनाउँदो रहेछ । किनभने सत्ता भनेको लोभी लालची भ्रष्टाचारी तस्करी कमिसनखोर पापी पाखण्डीहरुको जालभित्र परेपछि र सत्ताको स्वाद चाखेपछि जनताहरुको नेता नवशासकको चरित्र स्वभावले शासकको धर्म निर्वाह गर्दा जनताहरुबाट बिस्तारै टाढिने प्रवृत्ति बढ्दै जान्छ । जनताहरुको नेताहरु शासन सत्तामा पुगेपछि रहरले करले बाध्यताले पनि गलत कामहरु गर्नु पर्ने नवशासकको मनमा लोभ पापले पनि डेरा जमाउन हुँदा जनताहरुको नजबाट बिस्तारै गिर्दै जान्छन् भने जनभावना आवश्यकताहरु असिमित रुपमा बढीरहेको हुन्छ । जो नेतालाई सत्तामा चढाएपनि नेपाली जनताहरु भने हिस्सिनुपर्ने जिल्लीनुपर्ने निराश हुनुपर्ने वातावरण मात्र सृजना भएको छ । वास्तवमा अहिले सम्मको परिवर्तनहरुले नेपाली जनताहरुको आवश्यकताहरु भावनाहरु र चाहनाहरु छुन सकेको छैन । एउटा नागरिकले स्वतन्त्ररुपमा शान्तिपूर्वक पेशा व्यवसाय साचालनगर्न पाउने स्थिति छैन । सत्तामा उक्लिएका नेताहरुले जनताका आधारभुत कुराहरु गाँस वास कपास शिक्षा स्वास्थ्य शान्ति सुरक्षा जस्ता अत्यन्त संवेदनशील विषयलाई चटक्कै बिसे्रर केवल आफू र आफ्नो नाता गोता अरौटे भरौटे दलाल चाटुकार मात्र वरिपरि राखेर रमाउने नेपालका महान क्रान्तिकारी नेता महोदयहरुको नारा र व्यवहार कति ठीक रहेछ भन्ने कुरा छर्लङ्ग भइसकेको छ । भोका नाङ्गा सर्वहारा मुक्तिको नारा फलाकेर निर्धा निमुखा जनताहरुलाई गुम्राहमा राखेर देशको नियम कानुनले समेत नदिएको सुविधा उपभोग गरेर मुलुकलाई आर्थिक रुपले कङ्गाल बनाउने नेताहरुबाट सर्वहारावर्गहरुको पक्षमा काम गर्छन् भनेर कसरी पत्याउने
जनताका नेाहरु सत्तामा पुगेर भत्ता खान थालेपछि भत्ताको मातले चरित्र नैतिकता अनुशासन स्वाभिमान सबै बिसे्रर कमिसन भ्रष्टाचार धुसखोरी तस्करी अवैधानिक सुविधाहरुमा डुबेपछि आफ्नो मूल्य मान्यता सिद्धान्त सबै सिध्याएर नकचरो बन्ने प्रवृत्ति बढ्दो रहेछ । वर्तमान अवस्थामा शान्ति र संविधानलाई टुङ्गो लगाउनु पर्ने बेलामा व्यक्तिगत मात्र नभएर अन्तरपार्टीहरुको विभेद विवाद असमझदारी सबै हटाएर स्थगित गरे नेपालीहरुको भावी सन्तानहरुले एउटा सुन्दर शान्त र समृद्ध नेपालको नागरिक बन्न पाउनको लागि दीर्घकालीन शान्ति स्थापनाको व्यवस्थापन गर्नुपर्ने बेलामा नेपाल र नेपाली जनताहरुका नेताहरु गुट खेती कमिसन खेती लुट खेती बन्द खेती अपहरण खेती फिरौती खेती ध्वंस खेती गर्नमात्र तल्लीन छन् । यतिमात्र होइन शान्ति र संविधानलाई टुङ्गो लगाउने बेलामा आ-आफ्नै पार्टीभित्रका नेताहरुबीचमा आरोप प्रत्यारोप मात्र नभएर पार्टी फुट्ने र फुटाउने सम्मको निच बेहोरा देखाएर नेपाल र नेपालीहरुको भाग्य र भविष्यमाथि कुठाराघात गरिरहेका छन् । राष्ट्रिय अस्मितामाथि बलत्कार गरिरहेका छन् ।
वास्तवमा नेपालमा भएका हरेक राजनीतिक परिवर्तनहरुबाट उदाएका नेताहरु लोकपि्रय भन्दा पनि घृणाका पात्र मात्र बनिरहेका छन् । ती नेताहरुले लिएको विचारहरुले निरन्तर र स्थायित्व पाउन सकेका छैन । कहिले नाम फेर्छन् कहिले पार्टी फेर्छन् कहिले कार्यनीति फेर्छन् । कोही विचार बदल्छन् कोही पार्टी छोड्छन् । अहिले संविधान निर्माणको सवालमा हेर्दा म्याद थपिराख्ने ६०१ जना सभासद्को नामबाट देशलाई आर्थिक रुपमा लुटिरहने संविधानको व्यवस्थापन र निर्माणमा ध्यान नदिने द्वण्द्वपिडीतहरुको घाउमा मलम सम्म पनि लगाउन नचाहने वेपत्ता नागरिक छानबिन तथा सत्य निरुपणबारे वेवास्था गर्ने भोका नाङ्गा जनताहरुको नाममा सर्वहारा वार्गिय मुक्तिको नाममा दलाली गर्ने व्यक्तिहरु जनताका नेताको रुपमा अवसरवादीहरुले नेपाल र नेपाली जनताहरुलाई लुटीरहने नेतागत प्रवृत्तिले नेपालको आर्थिक र सामाजिक समृद्धिमा बाधा पुगेको छ । दिर्घकालीन शान्ति स्थापनाको प्रसङ्ग ओझेलमा नै छ ।

0 प्रतिकृया:

Post a Comment