लेखक र पाठक वर्ग


लेखक आफैंमा महान हुन्छन् । हुनपर्छ पनि । लेखक खाली लेख्ने मात्रै नभएर हरेक कुराको सुन्दर रचना गर्ने मान्छे हो । संसारलाई रचना गर्ने र युगलाई दिशा दिने विवेक र शक्ति लेखकमा मात्रै हुन्छ । त्यसो त पाठक भएन भने लेखकको उपस्थिती किन प्रश्न गम्भीर भएर खडा हुन्छ जसरी लेखक बिना पाठक हुँदैनन् । त्यसै गरी पाठक बिना लेखक पनि हुँदैनन् । लेखक र पाठक आपसमा परिपूरक छन् । पाठक आफैं लेखक होइन् । उसले बाहिर आएका र देखिएकाहरुलाई पढिदिने हो । तर लेखक लेखक भएर आउँछ । ऊ रित्तै आउँदैन् । संसारलाई केही दिन भनेर आउँछ । दिएका छन् थुप्रैले । कोही दिने क्रममा छन् । यो त स्वभाविक र निरन्तर प्रकि्रया हो चलिरहछ सधैंभरि । यहाँबाट हेर्दा लेखक वर्ग भनेको कर्म गर्ने व्यक्ति अर्थात् उत्पादन गर्ने श्रमिक हो । पाठक वर्ग त्यो उत्पादनको उपभोक्ता वर्ग हो । लेखकले जे जति बाहिर ल्याउँछ त्यसलाई अनुकुल पारेर पाठक वर्गले लिइदिने हो । लेखकहरुको श्रम र उत्पादनलाई उपभोग गर्ने हो । सबै पाठक लेखक बन्न सक्दैनन् । तर सबै लेखक पाठक पनि बन्न सक्छन् । यसर्थमा सबै लेखक साहित्यिक उत्पादनका उपभोक्ता बन्न सक्ने भए । तर सबै उपभोक्ता अर्थात् पाठक वर्ग उत्पादक बन्न सक्दैनन् । कर्म र श्रम सबैले आ-आफ्नै ठाउँ र गुण अनुसार गरेकै हुन्छन् । खाली बाहिर देखिने र आउने बाटो मात्रै भिन्न हुने हुन् ।
लेखे जति सबै सिर्जना नै बन्छन् भन्ने छैन् । छापिए जति पुस्तक सबै पुस्तक नै बन्छन् भन्ने पनि हुँदैन् । जन्मिए जति सबै सन्तान असल नै हुन्छन् भन्ने पनि कहाँ हुन्छन् र कतिपय समय र परिवेशमा त्यहाँको जनजिवीका र आम जनताको दैनिकीले पनि ठूलो फरक पार्ने गर्दछ । लेखनमा हाम फालेकाहरु सबै लख्नकै लागि आएका नहुन पनि सक्छन् । कति लेखकहरु रहरै पूरा गर्नलाई हुत्तिएका हुन्छन् सिर्जनाको फाँटमा । ती आफैं आउँछन् र आफैं जान्छन् पनि । तर राम्रा र उत्कृष्ट लेखकहरुलाई समयले खोजीखोजी ल्याउँछ । कठालोमा समातेर खडा गरिदिन्छ सिर्जनशाीलतको परिवेशमा । तर पाठक वर्ग आफैंमा उपलब्ध हुने वर्ग हो । जति लेखक निस्एिकएका छन् ती सबैको न्याधिस पाठक नै हुन् । कुन लेखकलाई राख्ने र कुन लेखकलाई मिल्काउने भन्ने निर्णय पाठक वर्गमा नै हुन्छ । अनि त्यो निर्णयक आधारहरु कुनै पनि लेखकको सिर्जना उसको कर्म र योगदानले तयार पारिदिने हो । आजसम्म लेख्न आएका सबै लेखकहरु बाँचेका छैनन् । कोही थारै समय रहेका छन् । कोही आएर लगत्तै गएका छन् । कोही आएर आजसम्म पनि नगइ भिन्न रुप र अर्थमा कायमै छन् । यो मानेमा कस्तो लेखक युग-युगान्तरसम्म रहन सक्ने र नसक्ने भन्ने सबैको हिसाब उसको सिर्जना शक्ति र बाहिर आएका परिणामहरुले किटान गरिदिने हो । लेखक र पाठकको स्वभाव र मानसिकता कहिल्यै पनि एकै हुन सक्दैन् । लेखक एक स्वभाव र चिन्तनको हुन्छ भने पाठक भिन्न स्वभाव र चिन्तको हुन सक्छ । यो सांसारिक रुवभाविकता हो । संसारका यति धेरै अझ भनौं अरबौं खरबौं मान्छेहरुमा कसैको रुप रङ मिल्न सक्दैन् भने अझ स्वभाव र चिन्तन कसरी समान हुन सक्छन् अझ त्यसमा पनि लेखक र पाठक त भिन्न पात्र र गुणका मान्छे हुन् । स्वभावैले पनि लेखक भिन्न हुन्छ । बरु कतिपय पाठक वर्गको रुची र चिन्तन थोरै भए पनि मिल्न सक्ला । तर लेखक र पाठक कहिल्यै पनि एउटा बिन्दुमा कायम हुन सक्दैनन् ।
राष्ट्रिय दैनिक क्षेत्रीय स्तरका पत्रपत्रिका अथवा कुनै विधा विशेष अन्र्तगतका जुन प्रकृति र विषय वस्तुका भए पनि लेखकहरुले दिनहँु जसो केही न केही लेखहिरेका हुन्छन् । लामा-लामा लेख रचना दृष्टिकोण विश्लेषणहरु आइरहेका हुन्छन् अखबार पत्रहरुमा । अन्य कुनै छापा माध्यमहरुमा । दैनिक रुपमा आउने खबर पत्र-पत्रिकाहरु पाठक वर्गका लागि नियमित खुराक र अध्ययन सामाग्री बन्दारहेछन् । सायद ती नै पत्र-पत्रिकाहरुले समय सापेक्ष खुराक र सन्र्दभहरु लिएर आउने भएर पनि होला तिनीहरुलाई नै धेरै पढ्ने गरिन्छ । लेखक वर्ग पनि साप्ताहिक पाक्षिक मासिक रुपमा आउने पत्र-पत्रिकाहरु भन्दा दैनिक छापिने पत्र-पत्रिकाहरुबाट बढी लभान्वित हुँदा रहेछन् । एउटा सचेत पाठकले कुनै पनि खुराक गुमाउँदैन् अर्थात् ऊ पढ्नबाट छुट्दैन् । तर यसो भन्दै गर्दा ती पाठक वर्गसम्म आउने लेखकहरुको सिर्जना खुराकको पनि उत्तिकै महत्व रहने गर्दछ । पाठक वर्गले लेखकका रचनाहरु नपढिदिने र नहेरिदिने हो भने छाप्नु र बजारमा छर्नुको के आचित्य तर त्यो हुँदैन् हुनुहुँदैन् पनि । यहाँबाट खालि लेखक वर्गले पाठक वर्गलाई के दिन्छ र कस्तो सामाग्री पुर्याउँछ अनि पाठक वर्गले उसबाट के प्राप्त गरिरहेको छ भन्ने सवालबाट सन्र्दभलाई बलियो बनाउन खोजिएको हो । लेखकले पाठक वर्गलाई कहिल्यै पनि नकार्न सक्दैन् । बरु पाठक वर्गले लेखक वर्गलाई ना पनि सक्छ । नकार्न सक्छन् । यहाँ लेखक र पाठक वर्ग बीचमा सही तालमेल हुन सकेन भने लेखक र पाठक वर्ग बीचमा ठूलो द्वन्द सिर्जना हुन पुग्छ । यसरी सिर्जना द्वन्द पैदा हुनु भनेको लेखक र पाठक बीचको विचार र चिन्तन ठ्याक्कै नमिल्नु हो । अनि समय र लेखक वर्गको सिर्जना बीचमा मेल नखानु पनि हो ।
जबजब लेखकले समयलाई बोध गर्न सक्दैन् अनि त्यही अनुरुप लेख्न सक्दैन् तबतब पाठक वर्गले त्यसको विकल्प खोज्न थाल्दछ । पाठकले विकल्पको खोजी गर्नु भनेको भएका र आइरहेका लेखकहरुबाट समय अनुसारका र उत्कृष्ठ रचनाहरु नआउनु भन्ने हो । यदि लेखक समय भन्दा धेरै पछाडि रह्यो र युगानुकुल भएर पदचाप मिलाउन सकेन् भने त्यो लेखकको अस्तित्व नामेट हुनसक्छ । लेखकको अस्तित्व सिद्धिनु भनेको पाठक वर्गले उसलाई मिल्काइदिनु हो । समय र युग अनुसार लेखकले रचना दिन सक्दैन् र पाठकका माझ उपस्थित हुन सक्दैन भने त्यो भन्दा ठूलो पराजय एउटा लेखकका लागि अरु केही पनि हुन सक्दैन् । लेखक वर्ग समय अनुसार फड्को मार्न र चल्न सकेन् भने त्यहाँुनेर अर्कै चिजको खोजी हुन्छ । दैनिक खबर पत्र-पत्रिकाहरु अथवा अन्य छापा पत्र-पपत्रिकाहरु मार्फत आउने स्तम्भकार अथवा लेखकले नयाँ-नयाँ कुरा दिन सकेन् र जन्माउन सकेन् भने त्यहाुनेर पाठक वर्गले उसलाई उछिन्छ । पाठक वर्गले लेखक वर्गलाई उछिन्नु भनेको लेखकहरु कमजोर हुँदै जानु हो । संसारलाई रचना गर्न र निर्माण गर्नबाट चुक्दै जानु हो । आजसम्म कवि लेखकहरु जति असल र शक्तिशाली मान्छेहरु अरु छैनन् हाम्रो इतिहासले यही लखॆको छ । अनि यस्ता लेखकहरु कहिल्यै हारेका पनि छैनन् । जस्तोसुकै शासन व्यावस्थालाई पनि परास्त पार्दै समयलाई जित्दै आइरहेका छन् । अझ भनौं बाँकी मान्छेहरु अर्थात् पाठक वर्गहरुलाई युगको अघिल्तिर धकेल्दै आइरहेका छन् । पाठक वर्गलाई चेतनाको ुसिरिन्जु हान्दै आइरहेका छन् ।
जबजब कुनै पनि चिज काम नलाग्ने अथवा थोत्रो हुन्छ विस्तारै त्यसको विकल्पको खोजी सुरु हुन्छ । यो विकास र क्रान्तिको स्वभाविक प्रकि्रया पनि हो । तसर्थ कुनै पनि चिज पूरानो हुन नपाउँदै रुपान्तरण हुन सक्नुपर्दछ । समय अनुसार अनुवाद हुन सक्नुपर्दछ । अझ त्यसमा पनि लखेक वर्ग सधैं पूरानो भइरह्यो र नयाँ हुन सकेन् भने त्यो दुःख लाग्दो कुरा हो । संसारको सिर्जना गर्ने र निर्माण गर्ने लेखक पूरानो हुँदै गयो र यथास्थितीमा उभिइरह्यो भने त्यहाँुनेर संसारलाई धोका हुन्छ । जगत्लाई पीडा हुन्छ । तसर्थ पनि लेखक वर्ग सधैं रुपान्तरण र गतिशीलतामा तानिनुपर्छ । बरु लेखक पूरानो हुँदै गयो र काम नलाग्ने हुँदै गयो भने पाठक वर्गले झक्झक्याउने हो सङ्केत गर्ने हो । यदि त्यसो गर्दा पनि भएन भने त्यसलाई टिपेर फाल्ने हो । यदि लेखक वर्गमा पाठक वर्गको रुची घट्दै गयो भने त्यहाँ लेखक वर्ग बेकामे हँदै जान थालेको ठहरछ । लेखक तत्कालै बद्लिने क्रममा जानुपर्छ । लेखकले पाठकको शक्ति केन्द्र र उसको पढ्ने क्षमतालाई हेक्का राख्दै लेख्न सकेन् भने त्यो भन्दा ठूलो अन्र्तघात लेखकका लागि अरु हुन सक्दैन् । संसार बनाउने लखेक आफैं काम नलाग्ने भयो भने त्यसबाट अरुले के आसा गर्ने समय परिवर्तन भएको उसलाई ज्ञात हुँदैन् युग बदेलिएको पत्तो हुँदैन भने त्यो लेखकबाट पाठक वर्गले के अपेक्षा गर्ने लेखकले पो पाठकलाई नयाँ-नयाँ बनाउँदै जाने हो । मानवीय सुख र समृद्धिका लागि सिर्जना गर्ने हो । पाठक वर्गले त लेखकको चिन्तन र संसार बद्ल्ने तागतबाट आफँू पनि बद्लिदै जाने हो । त्यही अनुसार रुपान्तरण हुँदै जाने हो । पाठक भन्दा लेखक महान बन्नुपर्छ । पाठक भन्दा लेखक सचेत बन्नुपर्छ । पाठकले एउटा शताब्दी बाँच्दै गर्दा लेखकले उनीहरुको चिन्तन र स्वभावलाई अर्काे शताब्दीतर्फ लैजान सकेन् भने ऊ कसरी लेखक बन्छ जनता र देशलाई अग्रगमनमा उभ्याउन सकेन् भने ऊ कसरी रचनाकार बन्न सक्छ समयलाई गति र दिश दिन सकेन् भने ऊ कसरी संसारको निर्माता बन्न सक्छ

0 प्रतिकृया:

Post a Comment