एम्बुलेन्स व्यवस्थित गर्न पहल


विर्तामोड÷ एम्बुलेन्स सेवालाई व्यवस्थित गर्न पहल थालिएको छ । जिल्लामा साचालनमा रहेका एम्बुलेन्स सेवालाई व्यवस्थित बनाउन प्रशासन तथा सरोकारवलाहरुले चासो देखाएका हुन् । शुक्रबार नेपाल रेडक्रस सोसाइटी झापा शाखाको भद्रपुरस्थित कार्यालयमा रेडक्रस तथा जिल्ला एम्बुलेन्स साचालन समितिले आयोजना गरेको समन्वयात्मक बैठकमा सहभागी उनीहरुले एम्बुलेन्स सेवालाई व्यवस्थित गर्न समेत प्रतिवद्धता जनाएका छन् ।
प्रमुख जिल्ला अधिकारीको अध्यक्षतामा रहने जिल्ला एम्बुलेन्स साचालन समितिका अध्यक्ष गेहनाथ भण्डारीले एम्बुलेन्स सेवा दुरुपयोग रोक्न सवैको सहयोगको खाँचो रहेको बताए
बैठकमा जिल्ला जनस्वास्थ्य कार्यलयका प्रशासक योगेन्द्रप्रसाद भगत र रेडक्रसका निर्देशक करुनाप्रसाद श्रेष्ठले एम्बुलेन्स साचालन सम्बन्धी नीति र हाल भइरहेको कार्यहरुकाबारे बोलेका थिए ।
जिल्लाका ५१ वटा विभिन्न एम्बुलेन्स साचाकहरुको सहभागिता रहेको सो बैठकमा एम्बुलेन्सलाई व्यवस्थित बनाउन एम्बुलेन्स साचालक र रेडक्रस प्रतिनिधिहरु सम्मिलित एक समिति समेत गठन गरिएको छ । गठित समितिको संयोजक नेरेसो झापा शाखाका अध्यक्ष तथा केन्द्रीय सदस्य लोकराज ढकाल रहेका छन् । ५ सदस्यीय सो समितिको सदस्यहरुमा जयबिन्द्र कुमार सिहं सचिव एम्बुलेन्स चालक संघ नविन श्रेष्ठ सिल वा। स्मृति प्रतिष्ठान दमक प्रसु सिटौला लिराट एम्बुलेन्स विर्तामोड र खेम नाथ न्यौपाने लक्ष्मी नन्द स्मृति एम्बुलेन्स विर्तामोड रहेका छन् । गठित समितिले आगामी १५ दिन भित्र एम्बुलेन्स सेवा दर रेटमा एकरुपता चालकको परिश्रमिक तथा एम्बुलेन्स व्यवस्थीत गराउन सकिने उपायका बारे जिल्ला एम्बुलेन्स साचालन समितिमा प्रतिवेदन पेश गर्ने संयोजक ढकालले बताए । सो बैठकमा झापाका सहायक प्रजिअ योगेन्द्र दुलाल मेचीअाचल अस्पतालका मेडीकल सुपरिडेन्ड डा। टंक प्रसाद बाह्रकोटी रेडक्रसको अन्तराष्ट्रिय समितिका प्रतिनिधी शसीलाल कर्ण लगायतले बोलेका थिए ।

0 प्रतिकृया:

Post a Comment