पुर्वी किरात स्वायत्त गणराज्यको माग



दमक÷झापा मोरङ सहित पूर्वका ८ जिल्लालाई किरात स्वायत्त गणराज्य बनाउनु पर्ने माग उठेको छ ।
राज्य पुनसर्ंरचनाको बहास चलिरहँदा शनिबार झापाको दमकमा भएको किरातीहरुको भेलाले त्यस्तो माग आगडि सारेको हो । भेलाले सोका लागि २१ सदस्यीय संघर्ष समिति समेत गठन गरेको जनाइएको छ । गठित समितिको संयोजकमा विष्णु किराती सह-संयोजकमा पस्ट किराती सचिव छविलाल किराती र कोषाध्यक्षमा कुमार किराती रहेका छन् । त्यसैगरी सदस्यहरुमा रोशन सुमित्रा मौल राजकर्ण ज्ञानदीप सुमन राजेन कृष्ण श्याम र इन्द्र किराती रहेका छन् । सो संघर्ष समितिले झापा मोरङ सुनसरी धनकुटा पाँचथर इलाम ताप्लेजुङ र तेह्रथुमलाई किरात स्वायत्त गणराज्य बनाइनु पर्ने माग अघि सारेको हो । उल्लेखित ८ जिल्ला र संखुवासभा समेत गरी ९ जिल्ला लिम्बुवान स्वायत्त राज्य हुनुपर्ने तथा पूर्वका १७ जिल्ला किरात स्वायत्त राज्य हुनुपर्ने माग पनि यस अघिदेखि नै उठिरहेका छन् ।
सो संघषं समितिका संयोजक विष्णु किराती एकीकृत नेकपा माओवादीका झापा जिल्ला सदस्य हुन् ।


पछिल्लो पटक ८ जिल्ला किरात स्वायत्त गणराज्य माग गर्दै गठन गरिएको संघर्ष समितिका संयोजक विष्णु किराती तत्कालीन नेकपा माओवादी र जनमोर्चा नेपालकोबीच एकता प्रकि्रयासँगै एकीकृत नेकपा माओवादीमा कि्रयाशील थिए । उनी हाल माओवादीका जिल्ला कमिटी सदस्य समेत छन् । माओवादीले भने झापा मोरङ सुनसरीलाई कोचिला स्वायत्त राज्य बनाउने बताउँदै आएको थियो ।

0 प्रतिकृया:

Post a Comment