चिकित्सा क्षेत्र मर् यादित बन्नुपर्छ

पछिल्लो समय शहर केन्द्रीत भएर थुप्रै अस्पताल क्लिनिक नसर्िङ होम लगायतका स्वास्थ्य प्रदायक संस्थाहरु खुलेका छन् । जनसंख्याको चापलाई मध्यनजर गरी स्वास्थ्य सुविधाका लागि यस्ता अस्पताल नसर्िङ होम क्लिनिक फार्मेसी आदिको स्थापना र साचालन भएका हुन् । शहरकेन्द्रीत भएर खुलेका स्वास्थ्य संस्थाहरुमा आसपासका ग्रामीण क्षेत्रका जनताले पनि स्वास्थ्य सेवा र सुविधा पाएका छन् । यो क्रम बढ्दो छ र बढ्नु पर्दछ । अझ अहिले त सामुदायिक अवधारणा अनुसार ग्रामीण क्षेत्रलाई लक्षित गरी सामुदायिक तवरले अस्पतालहरु साचालन भएका छन् । यिनमा आम मानिसको पहुँच पनि पुग्दै गएको छ । त्यस्तै राज्यले पनि आफ्नो मातहतका स्वास्थ्य संस्थाहरुमा यथासक्य सेवा र सुविधा थप्दै लाने क्रम चलेको छ ।
मानिसका लागि सबै भन्दा ठूलो धन नै स्वास्थ्य हो । त्यसैले स्वास्थ्य उपचार उपचार पद्धति स्वास्थ्य परामर्श र औषधी जन्य मात्रा आदिमा थोरै पनि हेलचेक्राई हुनुहुँदैन भन्ने कानुनी प्रावधान छ । मानव स्वास्थ्यका दृष्टिले पनि यो संवेदनशील विषय भएकाले यस विषयलाई गम्भीरताका साथ लिइनु जायज छ । कुनै पनि रोग निदान र बिरामीको सही उपचारका लागि चिकित्सक उसका सहयोगी र स्वयम् बिरामी तथा उसको रेखदेखमा खटिने सहयोगी व्यक्ति सबैले आ-आफ्नो पक्षमा इमान्दार हुन जरुरी छ ।
हामीले प्रत्यक्ष देखे-भोगेको कुरो यो हो कि हाम्रा चिकित्सकहरु सरकारी सामुदायिक वा निजी अस्पतालहरुमा कम र आफैले साचालन गरेका क्लिलिक वा बिरामी जाँच्ने सम्झौता गरिएका फार्मेसीहरुमा बढी समय व्यतित गर्न रुचाउँछन् । अझ पहाडी र दूर्गम क्षेत्रका अस्पताल तथा स्वास्थ्य संस्थाहरुमा दरबन्दी भएका सरकारी चिकित्सकहरु त कार्यक्षेत्रमै नजाने परम्परा पनि पुरानै हो । त्यस्तै चिकित्सकहरुमा देखिएका प्रकृतिका छन् र मानव स्वास्थ्यसँग प्रत्यक्ष सम्बन्ध राख्ने संवेदनशील खालका हुन्छन् । चिकित्सकहरुले फार्मेसी र क्लिनिकहरुमा हतार-हतारमा धेरै भन्दा धेरै बिरामी जाँच्ने हतारो परम्परा र लिखित रुपमा बिरामीका लागि प्रयोग गर्न सिफारिस गरिएको औषधि र स्वास्थ्य परामर्शका कुरा वास्तवमा महत्वपूर्ण कुरो हो । त्यसैले यस्ता जानकारीहरु लेख्दा स्पष्ट र बुझिने भाषामा लेख्नुपर्ने कानुनी निर्देशन छ । तथापि चिकित्सकहरुको लेखाई उनीहरु आफैले पनि बुझ्न नसक्ने खालका हुन्छन् । यसले बिरामी निको पार्ने भन्दा पनि थप पीडित पार्ने जोखिम बढ्दछ । चिकित्सकहरुका लागि उनीहरुले लेख्ने अक्षरका अतिरिक्त धेरै आषधीको मात्रा थापरिदिन्छन् भन्ने आरोप पनि लाग्ने गरेको छ । अत्याधिक ुड्रगु जन्य औषधि सेवन गर्नुलाई मानव स्वास्थ्यसँग सम्बन्धित आयुर्वेद र अन्य उपचार पद्धतिले गलत भन्दै आएको छ । यसर्थ यस्ता कमजोरीहरुलाई ुमेडिकल साइन्सु का ज्ञाता चिकित्सकहरुले सच्याउन आवश्यक छ । चिकित्सक भनेका मानिसका लागि इश्वर पछिका जीवनदाता हुन् भनिएको छ । यसर्थ उनीहरुले बिरामीहरुलाई ग्राहकका रुपमा मात्र व्यवहार गरिनु किमार्थ उचित कार्य होइन । चिकित्सा पेशा जिम्मेवार मर् यादित र प्रतिष्ठाका दृष्टिले पनि उच्च सम्मानको पेशा हो । तर यो जिम्मेवारीलाई उनीहरुले व्यापार मात्र नभएर सेवा र कर्तव्यका दृष्टिले पनि निर्वाह गरिनु उत्तिकै आवश्यक छ ।
चिकित्सा क्षेत्र समाज र मानव जीवनको रक्षाका लागि महत्वपूर्ण क्षेत्र हो । त्यसैले यो क्षेत्र मर् यादित बन्नु पर्दछ । यो हाम्रो आग्रह हो ।

0 प्रतिकृया:

Post a Comment