किन मासु बजार साचालनमा ढिलाई

गोपाल झापाली
दमक÷ व्यवसायीहरुको लगानीमा निर्माणाधीन दमकस्थित मासु बजार साचालनमा ढिलाई भएको छ ।
नगरपालिकाबाट रकम निकासामा ढिलाई हुँदा निर्माण प्रकि्रया अपेक्षाकृत हुन नसकेको निर्माण उपभोक्ता समितिले जनाएको छ । दशैं अघिनै साचालनमा आउने योजना रहेको दमक-११ मा निर्माणाधिन मासु बजारका मुख्य संरचना बने पनि अझै साचालनमा आउन सकेको छैन ।

६० लाख रुपैयाँको अनुमानित लागतमा निर्माण शुरु गरिएको सो मासु बजार निर्माणका लागि व्यवसायीहरुबाट अगि्रम रकम सङ्कलन गरिएको निर्माण समितिका अध्यक्ष गोविन्दबहादुर बस्नेतले बताए । बस्नेतका अनुसार कवल निर्माणका लागि व्यवसायीले २८ लाख रुपैयाँ खर्च गर्दैछन । पसल साचालन गर्ने व्यवसायीले हाल सम्म कम्तिमा ५० हजार देखि १ लाख रुपैयाँ सम्म खर्च गरिसकेको बस्नेतले बताए ।
कृषि सामाग्री कम्पनी लिमिटेडको जग्गा नगरपालिकाले लिजमा लिए पछि मासु व्यवसायी र नगरपालिकाको संयुक्त लगानीमा बजार निर्माण शुरु भएको हो । नगरपालिकाबाट समयमा रकम निकासा हुन नसक्दा बजार साचालनमा ढिलाई भएको निर्माण उपभोक्ता समितिले जनाएको छ ।
केही महिना अघिबाट साचालनमा आएको आधुनिक तरकारी बजारबाट दक्षिण तर्फ मासु बजारका लागि कवलहरु निर्माणाधीन छन ।
सो स्थानमा कुखुराको मासु बिकि्र गर्ने १४ ओटा कवल खसीको मासु तयार बनाउने २ ओटा खसिको मासु बेच्ने ३ ओटा र १÷१ ओटा खसी बाँध्ने र मासु बनाउने साथै माछा थोक बिक्रीका ३ ओटा कवल रहने जनाईएको छ ।
नगरपालिकाले भने विभिन्न कारणबस समयमा रकम निकासा गर्न नसकिएको जनाएको छ । नगरपालिकाका ईन्जिनयर तिर्थनारायण श्रेष्ठले सो का लागि यसै साता एक लाख रुपैयाँ निकासा गरिने जनाए । मासु बजार निर्माण सम्पन्न गर्न नियम अनुसार ३० प्रतिशत कट्टा हुने गरि ११ लाख ७६ हजार रुपैयाँ निकाशा गरिने नगरपालिकाले जनाएको छ ।

0 प्रतिकृया:

Post a Comment