पैसा माग्दै हतियार प्रहार


कृष्णमन्दिर÷साईकल रोकेर उभिएका अपरिचित दुई युवाले झापाको दमकस्थित कृष्णमन्दिरमा बसका एकजना कण्डक्टरलाई धारिलो हतियार प्रहार गरी घाइते बनाएका छन् ।
शनिबार साँझ काँकरभिट्टाबाट काठमाडौँ जादै गरेको ना ४ ख ५६९६ नम्बरको मितेरी बसका कण्डक्टर मेचीनगर-१० का २८ वर्षीय प्रताप बस्नेतको टाउकोमा हतियार प्रहार भएको हो । इलाका प्रहरी कार्यालय दमकका प्रहरी नायब निरिक्षक गंगा भट्टराईका अनुसार अपरिचित ती युवाले बस रोकेर बस्नेतसँग पैसा मागेका थिए । बस्नेतले किन के को पैसा भनि प्रश्न गर्ने बित्तिकै एक्कासी हतियार निकालेर टाउकोमा हानी फरार भएका थिए । घटनामा संलग्नको हुलिया विवरण अनुसार अभियुक्तहरुको खोजी भइरहेको प्रहरीले जनाएको छ ।
घाइतेको विराटनगरस्थित न्यूरो अस्पतालमा उपचार भइरहेको जनाइएको छ ।

0 प्रतिकृया:

Post a Comment