खेलकुद परिषद्मा हिक्मतको चर्चा

हिक्मत कार्की 
दमक ।  खेलकुद परिषदको रिक्त रहेको सदस्य सचिवको पदमा झापाका हिक्मत कार्की सहितको नाम आएको छ ।
एमाओवादी कोटामा छिरेका खेलकुद परिषद्का सदस्य सचिव युवराज लामाको म्याद सकिएपछि अहिले त्यहाँ कसलाई पठाउँने भन्ने क्रममा युवा तथा खेलकुद मन्त्रालय आफ्नो भागमा परेको एमालेले त्यसमा चुन्ने तयारी गरेको छ । त्यस पदका लागि हिक्मत कार्की, गोकुल बास्कोटा, जीवनराम श्रेष्ठ, लक्ष्मण श्रेष्ठ, लामा टेण्डी शेर्पा, पुनेन्द्रविक्रम लाखे, पिताम्बर तिम्सिनालगायतले दाबी गरेका छन् । एमालेका केन्द्रीय सदस्य कार्की र जीवनरामका सँगै ओलीका विश्वासपात्र बास्कोटाको अहिले निकै चर्चा छ । पिताम्बर आफै सदस्य सचिवको लागि दौडधुपमा लागेको बताइएको छ । सदस्य सचिवको जिम्मेवारी एक सम्हालि सकेका जीवनराम अहिले सदस्य सचिवका लागि तम्तयार देखिए पनि उनी ओली निकट नभएकाले उनको इच्छा पूरा हुने संभावना कम देखिएको छ ।
यता, पार्टीले खेलकुद क्षेत्रको समग्र विकासका लागि पार्टीको केन्द्रीय तहमै काम गरेको व्यक्तिलाई पठाउने भएकाले कार्कीको संभाबना निकै माथि देखिएको एमाले वृत्तमै चर्चा भएको छ । उता बास्कोटाले समेत परेको खण्डमा कार्कीलाई समर्थन गर्ने संकेत देखाएकाले कार्की झन बलियो बनेको जानकारहरु बताउँछन् । अहिले कार्कीको बालकोट आवत–जावत निकै बाक्लो बन्दै गएकाले र त्यताको संकेत पनि सकारात्मक आएको उल्लेख छ ।

0 प्रतिकृया:

Post a Comment