मारेर गाडेको बालक पर्किएपछि, अपहरणकारी समातिए

काठमाडौँ । अपहरणमा परेपछि कुटपिट गरि हत्या गरिएको भनिएको एक बालक जीवितै घर फर्किएका छन् । उनलाई अपरहणकारीहरुले कुटपिट गरी ‘मर्याे’ भनेर ‘गाडेका’ थिए । राजधानीको दक्षिणढोका डेरा गरेर बस्ने भीमसेन बन्जराका १० वर्षीयछोरा अपहरणकारीले खाल्डोमा‘पुरेको’ तीन घण्टापछि जीवितै घर आएका हुन् ।
महानगरीय प्रहरी अपराध महाशाखाले अपहरणमा संलग्न दोलखा मार्बुका भीमबहादुर मगर र उनका साथी अभिशेष भनिने रुद्र खत्रीलाई पक्राउ गरेको छ ।
दक्षिणढोकाछेउको चौरमा खेलिरहेकाबालकलाई चाउचाउ दिएर फकाई उनीहरूले अर्जेल गाउँनजिकको जंगलमा पुयाएका थिए ।

शुरुमा फकाउँदै लगेका उनीहरूले जंगलको बीचमा पु¥याएपछि पिट्न शुरु गरेका थिए । ‘बालकसँग सुरुमा बुबाआमाको नम्बर मागेछन्,’ महाशाखाका प्रहरी उपरीक्षक बुद्धि गुरुङले भने, ‘बालकले दिदीको नम्बर दिएको रहेछ ।’ नम्बर पाएपछि दिदीलाई फोनगर्नुअघि उनीहरूले बच्चाको हत्या प्रयास गरेको प्रहरीले जनाएको छ ।

मुख बन्द गरेर घाँटी थिच्दा बालक बेहोस भएपछि उनीहरूले ‘मृत्यु भएको’ ठानेर बालकलाई खाल्डोमा हालेर माथिबाट बालुवा र स्याउलाले छोपेर हिँडेका थिए ।

‘उनीहरूले र्मयो भनेर खाल्डोमा हालेर हिँडेछन्,’ गुरुङले भने, ‘तर बालक बेहोसमात्र भएको रहेछ, उनी खाल्डोबाट निस्किएर आफूपढ्ने स्कुलछेउमा पुगेका थिए ।’

उनीहरूले बालकलाई खाल्डोमा हालेपछि‘अब म¥यो, जाउँ’ भन्दै हिँडेको बच्चाले सुनेका रहेछन् । अपहरणकारीलेबालकको दिदीलाई फोन गर्नुअघि नै बालक होसमा आएर आफन्तको सम्पर्कमापुगेका थिए । उनी आफू पढ्ने गरेको अलमाइट आइडियल स्कुलछेउमा रक्ताम्मेअवस्थामा पुगेका थिए । सँगै पढ्ने साथी गौरवखतिवडाले देखेपछि स्कुलमा खबर गरेका थिए ।

स्कुलले उनको आफन्तको नम्बर पत्ता लगाएर खबरगरिदिएका थिए । ‘शरीरभरि घाउ थियो,’ गौरवले भने, ‘मसहितका साथीलेउसलाई स्कुलभित्र बेन्चमा लगेर सुतायौं, पानी पिउन दिएपछि स्कुलमाखबर र्गयौं ।’ अलि–अलि बोल्न सक्ने स्थितिमा रहेका उनले आमा र दिदी आएपछि आफूलाई अपहरण गरेर जंगलमा पु¥याई म¥यो भनेर अपहरणकारीले फालेको बताएका थिए । त्यसपछिफेरि बेहोस भएका उनलाई थप उपचारका लागि नेपाल मेडिकल कलेज लगिएको थियो ।
 त्यसपछि उनीहरूले महानगरीयप्रहरी वृत्त बौद्धमा जाहेरी दिएका थिए । यता अपहरण गर्नेले त्यसपछि भवानीलाईफोन गरेर भाइलाई आफूहरूले अपहरण गरेको र जीवितै चाहिए ५० लाख रुपैयाँ लिएर सिन्धुपाल्चोकको एक्काइस किलो भन्ने स्थानमा आउन भनेका थिए ।

प्रहरीले भवानीलाई भाइ फेला परिसकेको सूचना अपहरणकारीलाई नदिन सुझाएका थिए । उनलाई प्रहरीले पैसामा बार्गेनिङ गर्न लगाएको थियो ।

‘अन्तिममा ५ लाख रुपैयाँमा कुरा मिलाएर पैसा र्पुयाउने बहानामा उनीहरूलाई पक्राउ गरिएको हो,’ अनुसन्धानमा संलग्न एक अधिकारीले भने, ‘हामीले पक्राउ गरेर बालक फिर्ता आइसकेको खबर नदिँदासम्म उनीहरूलाई बालक जीवितै रहेको थाहा थिएन ।’ पक्राउ परेका द्वयले अपहरण गरेर बालकको हत्या प्रयास गरेकोस्वीकार गरेका छन् । अपहरणमा परेका बालकले अपहरणकारीमध्ये एक जनालाईचिनेकाले उनीहरूले ढाँट्न नसकी बालकको हत्या प्रयास गरेको बयान दिएका हुन् ।
गुरुङका अनुसार पक्राउ परेकामध्ये भीमबहादुर अपहरणमा परेका बालकको छिमेकमा तीन वर्षअघि बस्ने गर्थे । ड्राइभरको काम गर्ने भीमबहादुरले दुई वर्षअघि पिकअप भ्यान चलाउँथे । भ्यान दुर्घटना गराएपछि उनी त्यहाँबाट भागेको पीडित बालककी दिदीले बताइन् । पीडित परिवार भाडामा बस्ने घरमा भीमबहादुरकी सानीआमा नाता पर्ने महिला बस्छिन् । भीमबहादुर त्यहाँ आउने–जाने गरिरहन्थे । त्यही बेलादेखि बालकले उनलाई चिनेका थिए । पछिल्लो एक महिनादेखि बालकलाई उनीहरूले चकलेट, चाउचाउ दिँदै फकाउने गरेका थिए । ‘चिनिराखेको मान्छे भएपछि बालक पनि उसले बोलाउनेबित्तिकै साथै गएको थियो,’ अनुसन्धानमा संलग्न अधिकारीले भने, ‘फुटबल हेर्न लैजाने भन्दै बोलाएर लगेका थिए ।’

अपहरणमा पर्ने बालकको परिवारको आर्थिक स्थिति कमजोर छ । बुबा भीमसेन मानसिक स्थिति ठीक नभएका कारण घरमै छन् । आमा घर बनाउने स्थानमा इँटा र बालुवा बोक्ने काम गर्छिन् । अपराध महाशाखा टेकुमा भेटिएकी बालककी आमाले आँखाभरि आँसु पारेर भनिन्, ‘भीमबहादुरलाई हाम्रो आर्थिक अवस्थाबारे थाहा थियो, तर पनि किन पैसाकै लागि मेरो बच्चालाई यस्तो गर्याे ?’

0 प्रतिकृया:

Post a Comment