दुव्र्यसनलाई निस्तेज गरिने

सुरुङ्गा । नेपाल प्रहरीका पूर्वाञ्चल क्षेत्रीय प्रमुख(डीआइजी) माधवराज जोशीले समाजमा रहेको लागुपदार्थ तथा दुव्र्यसनी समस्यालाई सवै मिलेर निरुत्साहित गर्न अनुरोध गरेका छन् ।
लायन्स क्लव अफ कनकाई सुरुङ्गाको पदस्थापन कार्यक्रमको उद्घाटन गर्दै उनले यस्तो बताएका हुन् । कार्यक्रमको प्रमुख अतिथि समेत रहेका जोशीले २०७१ फागुन १ गतेदेखि हालसम्म २ सय ४२ जना लागु पदार्थ ओसारपसार कार्यमा संलग्नलाई पक्राउ गरिसकेको बताए । पक्राउमध्ये १ सय ८६ जनालाई लागुपदार्थ दुव्र्यसन सम्बन्धि मुद्दा चलाइसकेको बताए । यस अवधिमा १७ हजार ओटा लागुपदार्थ सम्बन्धि ट्याव्लेट, ५ क्वीन्टल गाँजा र व्राउन सुगर वरामत गरिएको जोशीले बताए । उनले यसलाई निरुत्साहित पार्न लायन्ससँग सहकार्य गरेर अगाडि बढ्न सक्ने जनाए ।
कार्यक्रममा लायन्सका डिस्ट्रिक गभर्नर भीम घिमिरेले लायन्स क्लव अफ कनकाईका चार्टर प्रेसिडेन्ट लीला चिमरिया लगायत २७ पदाधिकारीहरुलाई पदस्थापना गराएका थिए । यसैबीच गभर्नर घिमिरेले लायन्सको सदस्यता प्रमाणपत्र र पिन हस्तान्तरण गरेका थिए । मानवीय सेवा, भाइचारा र विश्वबन्धुत्वको विकास र नेतृत्वको विकास लगायतका उद्देश्य बोकेको लायन्सका हाल सम्म विश्वमा १४ लाख बढी सदस्य रहेको घिमिरेले उल्लेख गरे ।
लायन्स क्लव अफ कनकाई सुरुङ्गाको स्पोन्सर क्लवका रुपमा रहेको विराटनगर लायन्स क्लवकी चार्टर प्रेसिडेन्ट अजिता बरालको अध्यक्षता रहेको कार्यक्रममा लायन्सका राजन खत्री,  सहारा नेपाल साकोसका प्रबन्धक निर्देशक महेन्द्रकुमार गिरी, सामाजिक व्यक्तित्व बालकृष्ण मैनाली, नेपाली कांग्रेसका नेत्रप्रसाद चिमरिया, अन्तर पाटी महिला सञ्जाल कनकाई नगर अध्यक्ष सीता बस्नेत,  लायन्स कनकाई सुरुङ्गाका भाइस प्रेसिडेन्ट कुमारमणि पोख्रेलले मन्तव्य राखेका थिए । कार्यक्रममा नवघोषित कनकाइ सुरुङ्गा लायन्सका चार्टर प्रेसिडेन्ट लीला चिमरियाले सबै क्षेत्रसँग सहकार्य गर्दै सामजिक क्षेत्रका कार्य सम्पादन गर्ने प्रतिबद्धता जनाए ।

0 प्रतिकृया:

Post a Comment