दमक नपामा मेसिनबाट टोकन प्रणाली सुरु

दमक । सेवाग्राहीलाई छिटो छरितो सेवा दिने उदेश्यले झापाको दमक नगरपालिकाले पालो पर्खाइ ब्यवस्थापन प्रणाली (क्यू मेनेजमेन्ट सिस्टम) को मेसिन प्रयोगमा ल्याएको छ ।
नगरपालिकाले सो प्रणाली प्रयोग गरेर टोकनमार्फत नगरवासीलाई कर लिने सेवा दिएको हो ।  कर तिर्नका लागि  धेरै समय लाइन बस्नु पर्ने बाध्यतालाई हटाउन  त्यस्तो मेसिन सञ्चालनमा ल्याएको नगरपालिकाका कार्यकारी अधिकृत युवराज दाहालले बताए । सो मेसिन प्रयोग गर्ने नेपालभरमै दमक नगरपालिका पहिलो सरकारी कार्यालय रहेको अधिकृत दाहालको दावी छ ।
करदाताले  नगरपालिकाको राजश्व शाखामा गएर मेसिनमा आवश्यक कर विवरणमा छोएपछि तत्काल टोकन निस्किन्छ । सो टोकन लिएर शाखाभित्रको आराम कक्षमा बस्ने र  मेसिनले टोकन नम्वर बताएपछि करदाताले कर बुझाउन जानु पर्ने कर्मचारी बिष्णु पौडेलले बताए ।

0 प्रतिकृया:

Post a Comment