उर्लाबारीमा भूकम्पपछि राहत माग्नेको निवेदन नै निवेदन

उर्लाबारी । गत बैशाख १२र २९ गतेको भूकम्पले घरमा क्षति पुगेको भन्दै मोरङको उर्लाबारी नगरपालिकामा निवेदन दिन आउनेहरु बढिरहेका छन् ।
भूकम्प लगत्तै निवेदन नआएपनि त्यसयता नगरपालिकामा दैनिकजसो निवेदन आउन थालेको कार्यकारी अधिकृत सुवास श्रेष्ठले बताए । हालसम्म ७० वटा बढी निवेदन परिसकेका छन् । भूकम्पले उर्लाबारी क्षेत्रमा खासै क्षति नपु-याएपनि निवेदन आउने क्रम भने तीव्र बनेको उनले जनाए । उनका अनुसार भूकम्प पीडित परिवारलाई सहुलियत दरमा ऋणको व्यवस्था गर्ने सरकारी घोषणापछि निवेदन आउने क्रम तिव्र बनेको हो । कार्यकारी अधिकृत श्रेष्ठले भने,‘पीडितलाई सरकारले सहुलियतमा ऋण दिने निर्णय गरेको छ । त्यसैको लोभमा कतिपयले निवेदन दिएको जस्तो देखिन्छ । तर उर्लाबारीको हकमा त्यो सम्भव छैन ।’
भूकम्पले आरसीसी घरका कोठा चर्किएका, पिलर भाँसिएका, काठका घरका खाबा भाँसिएकोले घरको निरीक्षण तथाराहतको माग गर्दै निवेदन आउने क्रम जारीरहेको श्रेष्ठले जनाए । नगरपालिकाकाले प्राप्त निवेदनहरुलाई फायलिङ गरेरराखेको छ भने भ्याएसम्म केही घर तथा भवनको अनुगमन समेत गरिसकेको छ ।
उर्लाबारी–१ का डिल्लीराम कडरियाले भूकम्पले आफ्नो घरमा क्षति पुगेकोलेराहतको माग गर्दै नगरपालिकामा निवेदन दिएका छन् । उनले निवेदनमा आफ्नो काठको घरको खाँबा भाँसिएको उल्लेख गर्दै राहत उपलब्ध गराईदिन माग गरेका छन् । त्यस्तै उर्लाबारी–७ की नैककला घिमिरेर पति टंकप्रसाद घिमिरेले पनि नगरपालिकामा निवेदन दिएका छन् ।
घिमिरे दम्पतिले आफ्नो घर भूकम्पले चर्किएकोले अनुगमनको माग गरेको छ । उर्लाबारी–४ की मिना भट्टराईले पनि आफ्नो एक तले आरसीसी घरमा भूकम्पले क्षति पुगेको भन्दै अनुगमन गरिदिन नगरपालिकामा निवेदन दिएकी छिन् । प्राप्त निवेदनका आधारमा नगरपालिकाका इन्जिनियरसहितको एउटा टोलीले केही घर तथा भवनहरुको अनुगमन गरेको छ ।
इन्जिनियरको टोलीले अनुगमन गरेका मध्ये उर्लाबारी–७ को सुनपकुवा उच्च मा.वि. र उर्लाबारी–३ कोराधिका उच्च माविमा रातो स्टिकर लगाएको छ । टोलीले सुनपकुवा उच्च माविको १४ कोठाको दुई तले दुई वटा भवनमा रातो स्टिकर लगाएको छ । त्यहाँ कसैलाई पनि प्रवेश निशेष गरिएको छ ।
नजी विद्यालयहरु चुपचाप
भूकम्पले उर्लाबारीका धेरैजसो सार्वजनिक भवनहरुमा क्षति पुगेको छ । त्यस मध्ये पनि अधिकांह सामुदायिक विद्यालयका भवनहरुमा क्षति पुगेको छ । विद्यालय भवनमा क्षति पुगेपछि उर्लाबारी क्षेत्र भित्रका प्रायः सवै सामुदायिक विद्यालयले विद्यालय अनुगमनका लागि नगरपालिकामा निवदेन दिएका छन् । तर नगरक्षेत्रका कुनै पनि निजी विद्यालयहरुले भूकम्पले पुगेको कुनै क्षतिको विवरण उपलब्ध गराएका छैनन् ।
ठूलो संख्यामा विद्यार्थी अध्ययनरत उर्लाबारीका निजी विद्यालयहरुले भूकम्प पछि चुपचापरहेपनि नगरपालिकाका ईन्जिनियरसहितको टोलीले भने केही विद्यालयहरुमा गएर अनुगमन गरेको छ । टोलीले उर्लाबारीको मोरङ मोडल आवसीय मावि, होली चाइल्ड बोर्डिङ्ग स्कूल, पशुपति आवासिय मावि लगायतमा आफै गएर अनुगमन गरेको थियो । अनुगमनका क्रममा भूकम्पले ठूलो क्षति पुगेको नपाइएपनि होली चाईल्ड बोर्डिङ्ग स्कूलको एउटा भवनको माथिल्लो तला थप्ने कार्य अघि नबढाउन टोलीले निर्देशन दिएको छ ।
अनुगमन टोलीका सदस्य एवं उर्लाबारी नगरपालिकाका इन्जिनियररोशन उदासका अनुसार माथिल्लो तला थप्ने कार्य बिना नक्सा पास गरिएको तथा निर्माण कार्य सुरक्षित नभएको बताए । उनले निर्मााधिन भवनमा पिलरर छतको बिम निश्चित स्थानमा नभएको तथा ‘वाल’ पनि निकै कमजोर रहेको दाबी गरे ।
इन्जिनियरको अपील
गत बैशाख १२ र २९ गतेको भूकम्पले मुलुकमा ठूलो जनधनको क्षति पुगेकोले सो प्रति उर्लाबारी नगरवासीलाई पनि गम्भीर भईदिन नगरपालिकाका इन्जिनियरले आग्रह गरेका छन् ।
नगरपालिकाका इन्जिनियर सुरबीर राणामगरले भूकम्प पछि उर्लाबारीकै धेरै घर तथा भवनमा क्षति पुगेकोले त्यसप्रति घरधनी आफै सचेत भएर इन्जिनियरहरु सँग आवश्यक परामर्श लिन आग्रह गरेका छन् ।
उनले ‘नाथो यत्ति चर्किदा केही हुँदैन’ भनि हेलचेक्र्याई नगरिदिन आग्रह गरे । साथै उनले उर्लाबारीका निजी विद्यालयहरुले भूकम्प पछिको अवस्थाका बारेमा नगरपालिकालाई कुनै विवरण उपलब्ध नगराएकोले आफ्ना नानीहरु पढ्ने विद्यालयको अनुगमन गरिदिन सम्पूर्ण अभिभावकहरुलाई अपील गरे । आफ्ना नानीहरुको सुरक्षाका लागि अभिभावक आफैले सम्बन्धीत विद्यालयको अनुगमनमा एक दिन खर्चिदा बेफाईदा नहुने इन्जिनियरराणामगरको आग्रह छ ।

0 प्रतिकृया:

Post a Comment