‘रगतको खोलो बग्छ’

काठमाडौ, चैत्र १९/राज्य पुनर्संरचना आयोगका सदस्य मल्ल के. सुन्दरले नयाँ संविधानमा संघीयता नभए रगतको खोलो बग्ने चेतावनी दिएका छन् ।
‘संघीयता भएन भने रगतको खोलो बग्छ,’ संघीयतासहितको संविधानका लागि दबाब दिन शनिबार राजधानीको खुलामञ्चमा आयोजित आमसभामा उनले भने, ‘त्यस्तो आन्दोलनको सुरुवात मधेसीले गर्दछ, आदिवासी र जनजातिले सुरु गर्दछ, तेस्रो जनआन्दोलन हुन्छ ।’ उनले संघीयता भए देश टुक्रन्छ भनेर मिडियाले
पनि एकतर्फी समाचार सम्प्रेषण गरेको आरोप लगाए ।
सुन्दरले मुलुक टुक्र्याउने छुट कुनै पनि समूहलाई नभएको बताउँदै अहिलेसम्मको आन्दोलनलाई सम्मान गर्न संघीयता चाहिएको बताए ।

0 प्रतिकृया:

Post a Comment