आठ महिनामा २ सय ३४ घण्टा बन्द

दमक, चैत्र १९/गएको आठ महिनामा दमक ट्राफिक प्रहरीले करिब ४ हजार सवारी साधनहरुलाई कार्वाही गरी ६ लाख बढी राजश्व संकलन गरेको छ ।
दमक आसपासका मुख्य सडकमा ट्राफिकले चेकजाँचका क्रममा सवारी नियम उल्लंघन गर्ने ३ हजार ९ सय ४६ विभिन्न सवारी साधनहरुलाई कारवाही गरेबापत ६ लाख ७४ हजार ७ सय ५० रुपैयाँ संकलन गरेको हो । ट्राफिकका प्रनानी होम अधिकारीका अनुसार ति अवधिमा कारवाहीमा पर्ने आधा नै मोटरसाईकलको संख्या भएको जनाए ।
सोही अवधिमा ८६ ओटा दुर्घटना हुँदा ५ महिला सहित १० जनाको ज्यान गएको ट्राफिक प्रहरीको तथ्यांकमा छ । ट्राफिक कार्यालयका अनुसार सो आठ महिनामा बस ३ सय १२, ट्याक्टर ३ सय १४, ट्रक ८ सय ६५, कार जीप ४ सय ४९ र मोटरसाईकल २ हजार ६ ओटा सवारी साधन कारवाहीमा परेका छन् ।
यसैगरी सोही अवधिमा दमक क्षेत्रमा २ सय ३४ घण्टा ४० मिने बन्द आह्वान गरिएको थियो । ट्राफिकका अनुसार साउनमा ११ घण्टा, मंसीरमा १ सय १ घण्टा ३० मिनेट, पुसमा ५६ घण्टा, माघमा ११ घण्टा १० मिनेट र फागुनमा ५५ घण्टा यातायात बन्द गरेका थिए । यस्तै अवैध रुपमा सवारी नियन्त्रण गर्न ट्राफिक प्रहरीले सक्रिय बढाएपछि पछिल्लो समयमा २१ ओटा सवारीसाधनहरुलाई आवश्यक कारवाहीका लागि इटहरीस्थित राजश्व कार्यालयमा बुझाइएको प्रनानि अधिकारीले बताए ।

0 प्रतिकृया:

Post a Comment