बुढासुब्बा गोल्डकप फुटबलको उपाधि थ्री स्टारलाई – खेल समाचार

काठमाडौं, चैत्र १९/चिरप्रतिद्वन्द्व मनाङ मस्र्याङ्दीलाई पराजित गर्दै बुढासुब्बा गोल्डकप फुटबलको उपाधि थी स्टार क्लबले जितेको छ ।
शनिबार भएको फाइनल भीडन्तमा मनाङलाई १–० गोल अन्तरले पराजित गर्दै थ्रीस्टारले चौथो पटक बुढासुब्बा गोल्डकपको उपाधि जितेको हो । उपाधिसँगै थ्रीस्टारले २ लाख ५० हजार रुपैयाँ मात्र हात पारेन, मनाङको १४ खेलको अपराजित यात्रामा पूर्णविराम लगाएको छ । राष्ट्रिय लिगको तेस्रोचरणमा हिमालयन शेर्पासँग हारेयता मनाङ चुकेको थिएन । उप–बिजेता मनाङले भने १ लाख ५० हजार रुपैयाँमा चित्त बुझाएको छ ।
धरानस्थित एन्फा एकेडेमीको मैदानमा खेलमा थ्रीस्टारको जितमा मनाङका पूर्व खेलाडी सन्तोष साहुखलले निर्णायक गोल गरे । हालै मात्र मनाङबाट थ्रीस्टार गएका उनले खेलको ३२ औं मिनेटमा गोल गरे ।

0 प्रतिकृया:

Post a Comment