खेपेको कष्ट र लोकतन्त्र – पहिलो लेख

नरपति पाण्डे

निरंकुशता र असहिष्णुता गतिशील समाजको बाधक हो । समाजलाई गतिशील र मर्यादित बनाउन मानव व्यवहारले प्रेरित गर्दछ । व्यवस्था, संविधान नियम र कानुनहरु अमुक कुराहरु हुन् । सञ्चालकहरुको व्यवहारले सामाजिक व्यवस्थाहरुलाई जनहितकारी वा अहितकारी बनाउने गर्दछ । दर्शन, सिद्धान्त, नीति, नियम र कुराहरु आकर्षक गर्ने तर व्यवहार तुच्छ किसिमको प्रदर्शन गर्ने प्रवृत्तिले, व्यक्ति, परिवार, समाज, राष्ट्र र अन्तर्राष्ट्रिय सम्बन्धलाई असल बनाउँदैन । असीमित उदण्ड गतिविधिले समाजलाई विरक्त बनाउँछ । नेपाली समाजले यस्तो विरक्त र विरह अचाक्ली खेपेर जनक्रान्तिमा सामेल भएको थियो । त्यो जनक्रान्तिले मावन अधिकार मौलिक अधिकार र मानवीय कानुनको लागि त्याग गरेको थियो ।
शान्ति, समृद्धिलाई निमोठेर कसैको राजनीति फलिफाप हुँदैनथ्यो । काम गरेर जीवनयापन गर्ने श्रमिक र उद्योग व्यवसाय गरेर आर्थिक सम्पन्नता भित्र्याउने उद्योगकर्मीहरुलाई दिनरात कष्ट, पीडा, भय, यातना र हत्याको तहसम्म पु¥याउने हर्कतबाट कोही पनि जनप्रेमी, देशप्रेमी र नागरिक मैत्री हुनै सक्दैन । यो चरित्र नेपालीले खेप्नुसम्म खेपे । “शान्तिपूर्ण सहकार्य मुलुक र नागरिकहरुको समृद्धिको आधार हो” भन्ने तथ्यलाई बुझेर हिंसात्मक राजनीतिमा डुबेको शक्तिहरुबीच आपसी सहमति भएको थियो । लोकतन्त्र, शान्ति, सम्पन्नता गतिशील आर्थिक परिवर्तन न्यायिक समाजिक संरचना, देशको स्वतन्त्रता, अखण्डता, अक्षुण्यता, सार्वभौमिकता र स्वाभिमानलाई शिरोपर गरेर संविधान सभा बनेको थियो ।
नागरिकहरुका विभिन्न वर्ग, तह र तप्काबाट निर्वाचित सदस्यहरुले नागरिकहरुलाई स्वतन्त्र, सार्वभौम, स्वाभिमानी, आत्मगौरब र अपनत्व हुने संविधान बनाउने एक मात्र लक्ष्य र उद्देश्य थियो संविधानसभाको । नागरिकहरुको भावना र चाहना अनि संविधानसभाको औचित्यलाई विद्रोह र क्रान्तिबाट स्थापित भएका नेतृत्वबाट उपेक्ष गरियो । हत्यारा, चुसाहा, फटाहा, जाली, किर्ते, भ्रष्टाचारी, दुराचारी, अपहरणकारीहरुको नै सत्ता र शासन अनि रजगज हुन कुनै पनि क्रान्तिकारी परिवर्तन वा रुपान्तरण होइन । यो त एउटा अनिष्टकारीबाट सत्ता खोसेर अर्को अनिष्टकारीले सत्ता र शासनमा कब्जा जमाउनु मात्र हो । अहिलेको दृष्यमा यो शिवाय अर्को लक्षण देखिएको छैन ।
वस्तुको मूल्य दिनानुदिन चक्रवृद्धि दरले बढिरहेको छ । सरकारी सेवा दुर्लभ र घुसखोरी बनेको छ । नागरिकहरुको सुरक्ष चिन्ताजनक बन्दै गएको छ । सामाजिक मूल्य, मान्यता र सभ्यता अचानक च्यातिन थालेका छन् । राष्ट्रियता अखण्डतालाई चर्काइएको छ । राष्ट्रियता अक्षुण्यतालाई सौदाबाजीमा थपिएको छ । हत्या, हिंसा, लुट, भ्रष्टाचार, दुराचार, खुराफात र वाचाल जस्ता कुराहरुलाई क्रान्तिकारी भनिएको छ । विधि शैली र रुपमा प्रस्तुत हुने वाचाल मान्छेहरु जो अन्यौल, अनिश्चय र भ्रम सृजना गर्दछन् तिनीहरुलाई “महान्. नेता” भनेर प्रचार गरिएको छ । आडम्बर, तडकभडक र क्लिष्ठ स्वभावका राजनीतिक रङ्गकर्मीहरु आडम्बर र तडकभडकको पउन रहुञ्जेलसम्म मात्र जीवित हुन्छन् । ती व्यक्तिहरु राम्रो र गुणकारीका लागि दृष्टान्तका लागि अमर रहँदैनन् । उदारणीय र अनुकरणीय हुनलाई मुलुकको वास्तविकतासँग आफ्नो सृजनात्मक गुण खर्च गर्न सक्ने हुनुपर्छ ।
केही दशकसम्ममा पनि पन्छाउन नसकिने विकृतिले मुलक भरेर अग्रगामी फतु¥याई गर्नु स्वार्थको जाल हो । शक्तिशाली आट र हिम्मत नहुने मान्छेहरु जडसुत्रको सहाराले कमजोर नागरिकहरुलाई झुक्याउन एकछिनका लागि सफल हुन्छन् । अनुकूलताभित्र कुशलता प्रयोग गर्न नजान्ने कठमुल्लावादी व्यक्तिहरुबाट जनतालाई सुख, शान्ति होइन दुःख र भ्रान्ति मात्र खेपेको इतिहास फ्रान्स, रुस, चीनका सर्वहारा, श्रमजिवी जनताले मात्र दुःख पाएन । त्यस प्रवृत्तिले नेपाललाई पनि सुम्ल्यायो र दुःख अशान्ति र अनिश्चितता अभैm टरेको छैन । प्रतिस्पर्धालाई जनताको हितमा प्रयाग गर्न सम्पूर्ण प्रतिभा वुद्धि, शक्ति र क्षमता प्रयोग गर्ने राजनीतिक मान्छे मात्र राजनेता हुनसक्दछ ।
जनताको आशा र विश्वासलाई भरोसा दिने प्रणली लोकतन्त्र हो । जनवादी शासन हो । बेइज्जतपूर्ण, असम्मानित, अप्रभावी र प्रतिष्ठाहीन कर्मकाण्ड गरेर अग्रगामी रुपान्तरणको रटानले कुनै पनि राजनीतिक परिवर्तनको सार्थकता प्राप्त हुँदैन । नेता, नेतृत्व र दलहरुका मानवीय संस्कार छैन भने त्यसको प्रभावका कान्ति हुँदैन । मानिसको मुख–मुद्रामा मुस्कानको भावना देखिनुपर्छ । वौद्धिक असम्भव मान्छेहरु सम्यतामा रुपान्तरण हुनुपर्छ । देख्नेगरी सत्रौँ हजारसम्म मानिस मारिएका छन् भने नदेख्ने गरी करौडौँ मानिस मारिएका छन् । मुस्कान गुमाएर अफसोचमा बाचेका छन् । परपीडक र शोषक पिल्सिनु न्याय हो । परिस्थितिले चेताएको चेतबाट त्यस्ताहरु बदलिन बाध्य होलान् । तर, विचार, आस्था, परिश्रम र इमान्दारिताको इष्र्याबाट हिंसा र दमन गरिएका मानिसहरु अन्यायमा छन् । त्यसमा सार्वभौमिकता खोसिएको छ । मौलिकहरु र न्याय थिचिएको छ । लोकतन्त्र वा जनवाद दबाएको छ । अहिले यसको अन्तिम निर्णय छिटो हुनुपर्दछ ।

0 प्रतिकृया:

Post a Comment