लिम्बुवानका युवा र महिला समिति

दमक, चैत्र १९/कुमार लिङ्देन नेतृत्वको संघीय लिम्बुवान राज्य परिषद्ले झापामा युवा तथा महिलाका जिल्ला समितिहरु चयन गरेको छ ।
संघीय युवा मञ्चको जिल्ला इञ्चार्जमा देवु गड्सन, अध्यक्षमा दर्शन तुम्बापो, उपाध्यक्षत्रयमा फणिन्द्र पन्धाक, चन्द्र राजवंशी र समु घतानी (लामा) सचिवमा लोकबहादुर बस्नेत तथा सदस्यहरुमा भाइचुङ साम्रा लिम्बु, श्याम तामाङ, आकाश घिमिरे
(चाइनिज) सहित २५ जना चयन भएका जनाइएको छ ।
त्यसैगरी महिला परिषद्को जिल्ला अध्यक्षमा बविता मगर (राई), उपाध्यक्षद्वयमा बुद्धिमाया फागो र रनमाया नाल्बो, सचिवमा विष्णु भट्टराई तथा सदस्यहरुमा सुशीला थेवे, स्वीकृति, लिम्बु, सुनिता सुब्बा, कला सुब्बा, प्रेमा धिमाल, आशा मावो र रुपा लिम्बु चयन भएका संघीय लिम्बुवान राज्य परिषद्का केन्द्रीय सदस्य धनराज सुब्बाले जनकारी दिए ।
परिषद्का केन्द्रीय उपाध्यक्ष ज्ञानु इम्बुङको प्रमुख आतिथ्य र बबिता राईको अध्यक्षतामा भएको भेलामा केन्द्रीय सदस्य धनराज सुब्बा, बैकल्पिक केन्द्रीय सदस्य प्रेम घिमिरे र दिलकेशर थापा लगायतले मन्तव्य राखेका थिए । सो अवसरमा कार्यकर्ताहरुका लागि प्रशिक्षण समेत सञ्चालन गरिएको थियो ।

0 प्रतिकृया:

Post a Comment