जवजबाट नै वर्गीय आन्दोलन

गौरादह, चैत्र १९/ नेकपा एमालेका केन्द्रीय सदस्य घनश्याम भुषालले जनताको बहुदलीय जनवादबाट नैं नेपालको वर्गीय आन्दोलन सफल हुने बताएका छन् ।
पार्टीको झापा क्षेत्र नम्बर–६ ले गौरादहमा शनिबार गरेको क्षेत्रीय कार्यकर्ता प्रशिक्षणमा उनले विश्व कम्युनिष्ट आन्दोलनको सारतत्व नै ‘जवज’ भएको उल्लेख गरे । ‘जनताको बहुदलीय जनवाद वर्तमान सन्दर्भमा’ बिषयमा प्रशिक्षणका क्रममा उनले विश्वका सबै प्रकारका कम्युनिष्ट आन्दोलबाट सिकेको पाठ पछि जवज सिद्धान्त अनुसरण गरिएको उल्लेख गरे ।
प्रशिक्षणमा पार्टीका राष्ट्रिय प्रतिनिधि परिषद् सदस्य हिक्मत कार्कीले समसामयिक विषयमा प्रशिक्षण दिँदै संबिधान लेखन र शान्ति प्रकृया जटिल मोडमा पुगेको उल्लेख गरे । पार्टीका क्षेत्रीय कमिटी अध्यक्ष योगराज दाहालको अध्यक्षतामा भएको कार्यक्रममा क्षेत्र अन्तर्गतमा सबै गाउँ कमिटी पदाधिकारी तथा सदस्यहरु सहभागी थिए ।

0 प्रतिकृया:

Post a Comment